शिवमहापुराण आज देखि ११ दिन सम्म कटहरी डेलाखौकीमा सुरु

Tuesday, 13 February 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हमार सनेश सहकर्मी,
एलएन गच्छदार,,
मोरङ:=मोरंगको कटहरी गाउँपालिका – ६ मा जहाँ आदिवासी थारु, राजबंशी तथा मधेशी बाहुल्यता भएको समुदाय ढेलाखौकी थलाहा भन्ने गाउँ छ। यहाँका अधिकांश व्यक्तिहरु धर्मकर्म, पुराण सुन्नु भन्दा मेला र महोत्सव भन्ने बितिकै हुरुकै हुन्छन। महाशिवरात्रीको अवसर पारेर अहिले यहाँ निर्माधीन अवस्थामा रहेको शिव मन्दिर निर्माण गर्ने हेतुले श्री शिव मन्दिर संरक्षण समितिले शिवमहापुराण एकादश धनधान्यांचल ज्ञानमहायज्ञको आयोजना गरेका छन्। यहाँ पुराण होइन मेला लागेको छ भनेर भक्तजन महानुभावको ओइरो लागेको छ। एक स्थानीयको भनाई अनुसार जुन क्षेत्रको लागि यस किसिमको शिवमहापुराण इतिहासमै पहिलो पटक भएको र अनुभव गरेको बताएका छन्।

कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले आज भएको शिवमहापुराणको समुदघाटन गर्दै मानवजीवनलाई चाहिने बिकास मानव कल्याणकै लागि भएको कार्यक्रममा खुसि व्यक्त गर्दै स्थानीय निकायबाट भौतिक निर्माणको बिकास भएपनि महापुराणबाट आत्मज्ञान प्राप्त संगै बिकासमा समेत सहयोग पुगेको बताए। हाडनाता, चोरि, डकैती, लुटपाट समाजको बिकृति हो भन्दै यस महापुराणबाट यस क्षेत्रलाई असल बिचार र धार्मिक शिक्षा पाउने र समाज परिवर्तनमा ठुलो टेवा पुग्ने बताए। आगामी आर्थिक बर्षबाट सो मन्दिर निर्माण गर्नका लागि परिषदबाट ५ लाख छुट्याउने र अहिले परिषदबाट बजेट बिनियोजन भैसकेको हुँदा केहि रकम मात्र मन्दिर निर्माणमा सहयोग गर्ने बताए। साथै प्रमुख अतिथि कामतले व्यक्तिगत रुपमा ११ हजार सो मन्दिर निर्माणका लागि दान गरेका छन्।
त्यसै गरि मोरंग जिल्ला समन्वय समिति सदस्य तथा शिवमहापुराणका कलाकार प्रमुख समेत रहेका पुलिश बिश्वासले २ हजार जनालाई आमन्त्रण गरिसकेको तर नैतिक शिक्षाको अभावले मानिस मानिसमा विभेद भएको हुँदा जातीय छुवाछुत कुनै पनि धर्म शास्त्रमा नरहेको भन्दै शिव मन्दिर निर्माण गर्नका लागि सबैको साथ सहयोगबाट मात्र सम्भव हुने बताए। प्रमुख बाचक नेपालका प्रख्यात प्रष्ट वक्ता मधुरभाशि २० बर्षिया युवा पण्डित लक्ष्मण पौड्याल शास्त्री र उपवाचक माधव मिश्र शास्त्रीको मुखारबिन्दबाट कथा श्रवण हुने तथा नेपालका राष्ट्रिय कलाकारका साथमा सुमधुर संगितमय भजन र झांकि प्रदर्शन समेत रहने छन । त्यसैगरी गायक शुशील मुडयारी, निरन्जन सरदार, गायिका रिता विश्वास, बासुरी वादक रमण थापा , कलाकार सत्यनारायण भगत, संजोग माझि, रवी कामत, सर्वानारायण सरदार, सत्यनारायण दास, बालकलाकार साधना बिश्वास लगायतको बेजोड प्रस्तुति रहने  समेत विश्वासले जानकारी दिएका छन्।

११ औं दिन सम्म चल्ने शिवमहापुराणमा लोहन्द्रा नदीको पवित्र जल भरि कलश यात्रा संगै नयाँ बजार, भौडाहा समेत परिक्रमा गरेको थियो। यो भन्दा अगाडी यस्तो शिवपुराण इतिहासमै यो क्षेत्रमा पहिलो पटक भएको आयोजकले जनाएको छ। त्यसै गरि गाउपालिकाका उपाध्यक्ष मंजिता सरदार, समाजसेवीहरुमा सुवास कुमार सरदार, जलेश्वर राजबंशी लगायतले शिवमहापुराणको सफलताको कामना र मन्दिर निर्माणका लागि सहयोग गर्ने बताए । उक्त कार्यक्रममा शिव मन्दिर संरक्षण समितिका अध्यक्ष दिनकर लाल राजबंशीले सबैको साथबाट नै मन्दिर निर्माण हुने र सबैले पवित्र काम प्रति मन वचन र कर्मले साथ दिन र सो महायज्ञ सफल गर्न अनुरोध समेत गरेका छन्।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu