“थारू युवा समूह”द्वारा काठ्माडौमा बनभोज कार्यक्रम सम्पन्न

Monday, 12 February 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हमार सनेश सहकर्मी,,
काठमाडौ:=विगत दुई वर्षदेखि काठ्माडौमा छुटिएर दुई ठाऊँमा हुदै आएको माघी महोत्सवलाई एकै स्थानमा गराउन अहम भूमिका खेलेको “थारू युवा समूह”द्वारा काठ्माडौमा बनभोज कार्यक्रम सम्पन्न गरेका छ्न।बनभोज कार्यक्रम थारू युवा बिधार्थीहरुबीच एकआपसमा परिचय गर्ने, माघी महोत्सव एकै स्थानमा भव्य रुपमा सम्पन्न गरेको खुसियाली मनाउन तथा एकआपसमा एकता र भाईचाराको संदेश दिन आयोजना गरेको समूहका बिमल चौधरीले बताए।

त्यसैगरी समूहका अर्का सक्रिय युवा सुरेश चौधरी थारुले भने, “यसपाली हामीले बनभोजमा आफैले थारू स्वाद अनुसार बिभिन्न परिकारहरु पकायौं, यसले ३ वटा फाईदा हुन्छ चौधरीले हास्दै थपे:
१. आफ्नो मौलिक थारू स्वाद चाख्न पाईने
२. एकापसमा सहयोगको भावना जाग्ने
३. अनि क्याटरिङमा लाग्ने पैसो पनि त बच्छ।१२५ जना युवाहरुको बनभोज कार्यक्रमलाई सफल र उत्साहित बनाउन भूमिसुधार मन्त्री गोपाल दहित, युवा तथा खेलकुद राज्यमन्त्री तेजुलाल चौधरी र नेपाल गुठी संस्थानका नवनियुक्त अध्यक्ष मिनराज चौधरीको पनि उपस्थिति रह्यो, यि विशेष व्यक्तित्वहरुले आफ्नो मनत्वयमा थारू युवाहरुको अहिलेको जोड भनेकै शिक्षामा हुनुपर्ने बताए।

निकै नै रमाईलो गरी सम्पन्न कार्यक्रमको अन्तमा सबै थकित तर थारू युवाहरु एकजुट भएको आभाष उनीहरुको मुहारमा सजिलै गर्न सकिन्थ्यो। कर्यक्रमका सक्रिय युवा सुरेश चौधरी थारुले आगामी वर्ष पनि यस्ता कार्यक्रम आयोजना गर्ने जानकारी गराए।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu