रौतहटको सन्तपुरमा निर्माण गरिएका नमुना बस्ती भब्य कार्यक्रमका बिच हस्तान्तरण

Wednesday, 7 February 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हमार सनेश सहकर्मी,,
काठमाडौं:=धुर्मुस सुन्तली फाउन्डेसनले बाढी पीडितको लागि रौतहटको सन्तपुरमा निर्माण गरेको एकीकृत नमुना बस्तीको एक भब्य समारोहका बीच हस्तान्तरण गरिएको छ । राष्ट्रपति बिद्यादेवी भण्डारीले बस्ती हस्तान्तरण कार्यक्रमको उद्घाटन गरिन् ।पाँच करोड ९५ लाख रुपैयाँमा तयार भएको सन्तपुर बस्तीमा ४५ घर, सामुदायिक भवन, मन्दिर, आधारभुत तहको स्कुल, बगैँचा र भ्यू–टावर निमार्ण गरिएको छ । भुकम्प प्रतिरोधी प्रत्येक घर दुई तलाको निमार्ण गरिएको फाउन्डेसनले जनाएको छ । प्रत्येक घरमा खानेपानीको धारा र अच्याड बाथरुमको ब्यवस्था गरिएको छ ।

कलाकार सिताराम कट्टेलले जानकारी गराए अनुसार घर भुकम्प प्रतिरोधी हुनुका साथै अपाङ्ग तथा बालमैत्री संरचनामा निर्माण गरिएको बताउनु भयो ।
यी घरहरुमा सन्तपुरका माझी, मुसहर, दुसाद, लोहार, हजाम समुदायका परिवारले बसोबास गर्नेछन् ।

स्वदेश तथा विदेशमा रहेका नेपालीहरुको सहयोगबाट यो बस्ति निर्माण गरिएको हो । बस्ती निमार्ण सम्पन्न भएपनि अझै रकम अभाव रहेको फाउण्डेशनले जनाएको छ । बस्ति हस्तान्तरण कार्यक्रममा महजोडी, विभिन्न क्षेत्रका ब्यक्तित्वहरु, कलाकारहरु र स्थानीयको सहभागिता रह्यो ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu