नेपाल प्रहरी तथा सस्त्र प्रहरीको मिलोमतोमा बाराको आमवा नाकाबाट खुलेयाम तस्करी

Tuesday, 27 February 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

उमेश दुबे,,
बारा :=बाराको आमवा नाकाबाट खुल्याम कपडा तस्करी भैरहेपनी प्रहरी निकाय मौन रहेका छ्न । नेपाल तथा भारतको सिमाना देखि बाराको गन्जभवानिपुर बजारसम्म पर्ने प्रहरी चौकी र सस्त्र क्याम्पहरूमा मोटो रकमको नजराना बुझाए पश्चात् कपडा तस्करी तिब्र रूपले बढेको हो ।
     
         आमवा नाका देखि गन्जभवानिपुरसम्म पर्ने प्रहरी चौकी दछिनझिटकैया, प्रहरी चौकी बरियारपुर, प्रहरी चौकी गन्जभवानिपुर र सस्त्र क्याम्प बेनौली, कवहिगोठ, बरियारपुर, मझरिया लगायतको ठाउहरूमा मोटो रकमको नजराना बुझाए पश्चात् लाइन खोलिएको श्रोतको दाबी रहेको छ । तस्कर खेना यादव प्रहरी चौकी तथा सस्त्र क्याम्पहरूमा ५० हजार देखि १ लाख सम्म दिने गरेको श्रोतले जनाएका छन । ३ वटा प्रहरी चौकी र ४ वटा सस्त्र क्याम्पमा महिनवारी दिए बापत सजिलै अबैध कपडा बाराको गन्जभवानिपुरसम्म पुग्ने गरेको बताए ।

यस विषयमा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले यश सम्बन्धी आफ्नो टोलि खटाउने र रकम लेन्देन गर्ने जोकोही प्रहरीलाई नछोडिने बताउनु भएको छ । फोटो : फाइल

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu