हमार सनेश सहकर्मी,,
काठमाडौं :=अपराध सानो भए पनि ठूलो भए पनि अपराध नै हुन्छ । केपी ओली नेतृत्वको सरकारले अपराध गर्ने आफ्ना दलका नेता र कार्यकर्तालाई संरक्षण गरेको छ । तर, अन्य दलका नेता तथा कार्यकर्तालाई भने हदैसम्मको असंहिष्णु व्यवहार देखाएको आरोप लाग्न थालेको छ ।पावरको आडमा साधारण तह तप्का देखि लिएर कानुन लाई आफ्नो हातमा लिएर नेपाल सरकारले मनमौजी कार्य गर्न थालेका छ्न।
कार्यसम्पादन मूल्यांक कीर्ते गरेर विवादमा आएका पूर्वडिआईजी नवराज सिलवाललाई ओलीले आफ्नै सरकारी कार्यालय बालुवाटारमा बोलाएर बधाई दिइएका छन् । तर, राष्ट्रिय जनता पार्टी नेपालका सांसद रेशमलाल चौधरीलाई भने अर्कै आँखाले हेरेका छन् ।
पक्राउ गरेर कारबाही गर्नुपर्ने व्यक्तिलाई ओलीकै संरक्षण छ । तर, विपक्षी दलको सांसद भएका कारण चौधरीलाई पक्राउ गरेर जबर्जस्ति मुद्दा चलाइएको छ ।यो सबै कार्यले के प्रष्ट हुन्छ भने नेपालमा जातीय विभेद बढ्दै गैइरहेको छ र यसमा नेपाल सरकारको पनि ठूलो हात रहेको बुझिन्छ।
सोमबार मात्रै जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका चौधरीलाई थुनामा राखिएको छ । यो विषयमा चौधरीको प्रशंसा भएको छ । तर, सिलवालको सबैले आलोचना गरेका छन् ।
टीकापुर घटनाका मुख्य आरोपी बताइएका उनी लामो समयदेखि फरार रहेका थिए । सोमबार नै अदालतले चौधरीको बयान लिएको छ ।
प्रहरीको फरार सूचीमा रहेका चौधरी भारी मतान्तरसहित विजयी भएका थिए । टीकापुर घटनामा प्रहरीले खोजी सूचीमा राखेपछि फरार चौधरीले वारेसमार्फत राष्ट्रिय जनता पार्टीबाट उम्मेदवारी दिएका थिए । चौधरी ३४ हजार ३४१ मतसहित विजयी भएका थिए ।
मुलुकमा सबैलाई कानून बराबरी लाग्छ भनेर पूर्वडिआईजी समेत रहेका सिलवाललाई पनि चौधरीलाई जस्तै थुनामा राखेर कीर्ते काण्डमाथि छानविन गर्नुपर्ने भनेर आवाज उठ्न थालेको छ ।
सिलवाल ओलीका मान्छे भएका कारण कारबाही हुन सकेको छैन । तर, चौधरीको पक्षमा बोल्ने व्यक्ति कोही पनि छैन । राजपा नेपालका नेताहरूले यो विषयलाई जोडदार रुपमा उठाउन सकेका छैनन् ।
