हमार सनेश सहकर्मी,,
कैलाली :=थारु सुमदायका विद्यार्थीहरुलाई लोकसेवा प्रति आकर्षण बढाउनका लागि जंग्रार साहित्यिक बखेरी, नेपालको आयोजनामा धनगढीको छात्रबासमा अभिमुखिकरण कार्यक्रम शनिबार सम्पन्न गरिएको छ । सो कार्यक्रममा लोकसेवाको तयारी गर्दै गरेका र यसबारे जान्न उत्सुक भएका थारु विद्यार्थीहरुलाई लक्षित गरिएको थियो ।
थारु समुदाय बर्षौंदेखि कृषि पेसा अँगाल्दै आएको र सोहि क्षेत्र नै संस्कृतिकोरुपमा विकास भई सरकारी जागिर तथा निजामती तर्फ चासो नै गएन । थारु समुदायमा सरकारी जागिर गर्नेको संख्या तथा परिवार एकदमै न्यून भएकाले पनि थारु समुदायका विद्यार्थीहरुलाई सरकारी जागिरतिर आकर्षण हुन नसकेको अवस्थामा जंग्रार साहित्यिक बखेरी, नेपालले यसखाले अभियानको शुरुवाट गरिएको बखेरीका अध्यक्ष सोम डेमनडौरा बताउँछन् । उनी भन्छन् लोकसेवा बारे नियमित अभिमुखिकरणले थारु विद्यार्थीहरु लोकसेवा प्रति आकर्षण बढ्नुका साथै यसको तयारिको बारेमा समेत प्रशिक्षण गरिनेछ । यसो गर्दा, थारु समुदायका पनि निजामति कर्मचारीमा जानेको संख्या बढ्ने बताउँछन् ।
सो अभिमुखिकरण कार्यक्रमको सहजीकरण सहकारी डिभिजनमा कार्यरत लेखा अधिकृत महेश कुचिलाले गरेका थिए । थारु समुदायमा युवाहरु पढेर पनि बेरोजगार भएर बसेका छन् । उनीहरुलाई लोकसेवाको बारेमा अभिमुखिकरण गर्न सकेको अवस्थामा उनीहरुलाई निजामति कर्मचारी तथा सरकारी सेवा तर्फ आकर्षित गर्न सकिन्छ । यो अभियान थारु समुदायको आर्थिक र सामाजिक सशक्तिकरण तथा सामाजिक रुपान्तरणका लागि महत्वपूर्ण भूमिका खेल्ने बताउँछन्।
कार्यक्रमको प्रमुख अतिथिकोरुपमा रहेका थारु कल्याणकारिण्ी सभाका सचिब माधव थारुले अवका बर्षहरुमा थारु समुदायका विद्यार्थी तथा युवाहरुलाई सरकारी जागिर खान सम्मको सक्षम बनाउनुका साथै उनीहरुलाई निर्दैशित गर्नुपर्ने बताए ।
कार्यक्रममा थारु भाषका गजल, कविता बाचन गर्नुका साथै थारु गित गायन पनि गरिएको थियो ।
तिस भन्दा बढी विद्यार्थीहरुको उपस्थितिमा गरिएको सो अभिमुखिकरणको सञ्चालन जंग्रार साहित्यिक बखेरीद्धारा सञ्चालित रेडियो कार्यक्रम ल्वार्हल मनका पूर्व सञ्चालक सेभेन्द्र कुसुम्याले गरेका थिए ।
