मलेसियामा कार्यरत बिजय चौधरी केही दिन देखि बेपत्ता/खोजी दिनु हुन हार्दिक अनुरोध (सेयर गर्नुहोस्)

Friday, 9 February 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

आर एन चौधरी थारु,,
फेब्रुअरी ११ तारिख/आइतबार/मलेसिया:=रोजगारीको शिलशिलामा मलेसियामा कार्यरत एक जना नेपाली कामदार हराएका (सम्पर्क बिहिन)भएका छ्न।

मलेसियाको पेनाङ भन्ने ठाउँमा अवस्थित Showa denko (m)sdn bhd नामक कम्पनीमा कार्यरत
नेपालको ठेगाना नवलपरासी जिल्ला निवासी २२ बर्षे बिजय चौधरी नाम गरेको युवा १ हप्ता देखि हराइ रहेको निजको आफन्त मलेसियामै कार्यरत रहेका रमेश कुमार थारुले जानकारी गराउनु भयो।

चौधरी आज भन्दा १५,१६ दिन अगाडि मात्रै २६ जनवरी २०१८ मा रोजगारीको शिलशिलामा मलेसियामा आएका थिए।कम्पनीमा काम गरेको केही दिन पछि अचानक् बिरामी परेको चौधरीको टाउको दुख्ने मन टोलाइ रहने आदि इत्यादि लक्षण देखा परि रहेको बेला कम्पनीले औंषधी उपचार गर्न क्लिनिक लगेर उपचार पछि आराम गर्नको लागी होस्टेलमा छोडेको र पछि होस्टेल छोडेर नै अचानक आफैं भागेको,बेपत्ता भएको कम्पनी क्ष्रोतले निजको आफन्तलाई बताउनु भयो।

कम्पनि र सो कम्पनीमा कार्यरत अन्य कामदारको भनाइ अनुसार र आफन्तको भनाइ अनुसार बेपत्ता बिजय चौधरीको मानसिक सन्तुलन अचानक बिग्रेको हुनाले यस्तो गर्न पुगेको हुन सक्ने भन्नू भयो।यदि कोहि कसैले यो मान्छेलाई भेटाउनु भयो,अथवा चिन्नु भयो भने +60142114705/+60109427402 यी नम्बरहरुमा सम्पर्क गरेर जानकारी गराउन सक्नु हुनेछ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu