हमार सनेश सहकर्मी,,
कैलाली :=सोमबार बिहान कैलाली जिल्ला अदालतमा उपस्थित भएका टीकापुर घटनाका अभियुक्त सांसद रेशम चौधरीलाई अदालतले पूर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको छ ।
न्यायाधीश परशुराम भट्टराईको इजलासले चौधरी कसुरदार छैनन् भन्न सकिने अवस्था नभएको भन्दै थुनामा पठाएको हो । उसो त चौधरीका वकिलहरुले जनमत पाएको भन्दै तारेखमा छाड्नु पर्ने तर्क गरेका थिए । तर, अदालतले जनमतको सम्मान गर्ने तर, जनमत गैरकानुनी कार्य छोप्ने राजनीतिक आवरण हुन नसक्ने भन्दै पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।
जेल जानुअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै चौधरीले अदालतले सांसदलाई अविश्वास गरे जस्तो देखिएको प्रतिक्रिया दिएका छन् ।
‘अदालतले जुन फैसला गर्यो, त्यसलाई पूर्वाग्रह त मान्दिनँ । तर, जनताबाट विजयी भइसकेको सांसदलाई अविश्वास गरे जस्तो देखियो’ उनले भने, ‘म भागिहाल्ने थिएन । भाग्ने भए म यहाँ आउने थिइनँ ।’बिना प्रमाण राजनीतिक जाल झेलमा पारी,पावरको आडमा मलाई जेल चलान गर्नु कानुनको न्याय हैन।
फरार रहेकै अवस्थामा चुनाव लडेका सांसद रेशम चौधरी कैलाली १ बाट प्रतिनिधिसभा सदस्यमा भारी बहुमत हासिल गरि विजयी भएका थिए ।
आफू निर्दोष रहेको र कानुनको पूर्णसम्मान गरेर अदालतसमक्ष आएको र आगामी दिनमा न्याय दिने विश्वास रहेको बताए ।
