तिलोचन गौतम ,,
मलेसिया:=रुकुम जिल्ला जेदवाङ गाबिस वडा नम्बर १ लाल्टिबाङ का केशव चापागाई मलेसिया को कोलालम्पुर कोत्राया स्थित साथिभाइ रेस्टुरेन्ट चलाउदै आएका छन । चापागाईं कहिलेकाही फूर्सद को समयमा म्युजिक भिडियो हरु छायांकन गर्दै आएका थिए । गत शनिवार अबैधानिक रूपमा जोहोर बारु स्थित सेन्नाइमा बस्दै आएका हिमाल सागर नाम गरेका एक नेपालीले भिडियो छायांकन को लागि बोलाए पछि जोहोरको सेन्नाइ पुगेका चापागाईं लाइ हमला गरेका छ्न ।
स्थानीय इन्डियन मुल का तामिल लाई लगाएर हमला गरि चापागाईं को साथमा रहेको नगद १० हजार रिङ्गेट २ थान मोबाइल क्यामेरा र दुई वटा क्यामेरा को लेन्स लुटपाट गरि कुटपिट गरेका छ्न । हिमाल सागर आफै पनि सम्लग्न रहेको र उनी भाग्दै गर्दा आफू ले देखेको घाइते अबस्थामा रहेका चापागाईं ले बताए ।
गत सनिवार बेलुकी कुटपिटबाट अचेत अबस्थामा गम्भीर घाइते भएका चापागाईं को होस खुल्दा घना जङ्गल भित्र ब्यबहारिसे अबस्थामा फालिएको सडक बाट धेरै टाढा रहेको महसुस गरेपछी सकि नसकी घिसृएर सडक सम्म आइपुगे पछि स्थानीय मलायो का एक जोडि ले हस्पिटल सम्म लगि दिएका र पुलिस लाई निवेदन सम्म गर्दिएका थिए ।घाइते चापागाईं लाई पुलिस ले साधारण सोधपुछ पछि उपचार सकिएपछी गाडी चढाएर कोत्राया सम्म पठाइदिएको थियो ।
