रुपन्देहीमा थारु बगिया चलचित्रको च्यारिटी साे भव्यताको साथ सम्पन्न

Sunday, 18 March 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश सहकर्मी,,
राम अवतार चाैधरी,,

मुर्गिया(रूपन्देही):=रुपन्देहीमा थारु बगिया चलचित्रकाे च्यारिटी साे भव्य रुपमा शनिबार सम्पन्न भएकाे छ। सैनामैना नगरपालिका-२, मुर्गिया स्थित उचडिहवा थारु हाेमस्टेमा समापन भएकाे हाे ।थारु बगिया चलचित्र च्यारिटी साे बिहान ९ बजे, दिउसो १२ बजे र अपरहान्न ३ बजे अायाेजना गरिएकाे थियाे ।
चलचित्र प्रदर्शन कार्यक्रम रिबन काटेर समुद्घाटन गर्नुहुँदैै सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले थारु बगिया संस्थाद्वारा निर्मित थारु बगिया फिलिमले नेपालमा रहेकाे एउटा थारुकाे मात्रै नभएर अादिवासी लगायत सम्पूर्ण थारु समुदायका साथै नेपालकाे पहिचान जाेगाउन सफल हुने छ भनी विश्वासता पादैँ थारु भेषभुषा, चालचलन, लवाईखवाई देखि लिएर थारुहरूकाे अाफ्नै माैलिकता रहेकाे बताउँदै थारु बगिया संस्था लगायत फिलिमले पनि उल्लेखनीय काम गरेकाे प्रशंसा गर्दै र नेपालीहरूकाे गाउँघरमा अाउँदै नयाँ वर्षा २०७५ सालकाे अग्रिम शुभकामना समेत व्यक्त गर्नु भएकाे थियाे ।

त्यसैगरी साेही फिलिमकाे नायक एवम् निर्माता कार्यक्रममा बाेल्दै रुपन्देहीबाट निस्केको फिलिम मध्य थारु बगिया थारु भाषाकाे तेस्राे फिलिम रहेकाे बताउँदै जिल्लामा हाल सम्म ३ वटा फिलिम रहेका बताएका छन् । थारु बगिया संस्थाबाट सुहाना इन्टरटेनमेनटद्वारा उत्पादन भएका यस फिलिममा रुपन्देही, कपिलवस्तु, नवलपरासी र चितवन लगायतका जिल्लालाई समेतिएर सिनहरू लिइएकाे र ५ वटा थारु अाधुनिक गीत झुमड्ा, लठ्ठी नाच पनि समावेश गरिएकाे साथै थारु जनकवि बम बहादुर थारु, हरिनारायण थारु, सरिता थारु र सिताराम थारु लगायतका स्वर रहकाे बताइएको छ ।

उक्त कार्यक्रम मनिस कठरियाकाे अध्यक्षता, चित्र बहादुर कार्कीकाे प्रमुख अतिथ्यिता, तुल बहादुर थारुकाे अतिथ्यिता, मनाेज चाैधरीकाे स्वागत मनतव्य, नरेश थारुकाे सञ्चालन र बिशेष थारु तथा गैर थारु समुदायको स्थानीय बासीहरूकाे बाक्लो सहभगितामा साे फिलिमकाे प्रदर्शन गरिएकाे अायाेजक कमिटीले बताएकाे छ ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu