कैलालीका मेयर ममताप्रसादलाई प्रधानमन्त्रीको आश्वासन, ‘दोषी उम्कन पाउँदैनन्’

Sunday, 18 March 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
प्रधानमन्त्री केपी शर्मा ओलीले घोडाघोडी नगरपालिका, कैलालीका मेयर ममता प्रसाद चौधरीको स्वास्थ्य अवस्था जानकारी लिएका छन् चौधरीलाई अपरिचत समूहले गत सोमबार घोडाघोडीमै गोली र खुकरी हानेर सख्त घाइते भएका थिए ।प्रधानमन्त्री ओलीसहित नेकपा एमालेका नेताहरुले शिक्षण अस्पताल महाराजगञ्जमा पुगेर चौधरीको स्वास्थ्य अवस्थाको जानकारी लिएका हुन् ।
प्रधानमन्त्री ओलीले अस्पताललाई चौधरीको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् । ‘उपचार खर्च सरकारले व्योहोर्छ’ उनले भने, ‘उहाँको उपचारमा कुनै पनि कसर बँँकी नराखी उपचार गर्नुहोस् ।’प्रधानमन्त्री ओलीले चौधरीको ज्यान मार्ने उद्योगले भएको गोलीकाण्डको निष्पक्ष छानविन हुने परिवारका सदस्यलाई बताए । उनले भने, ‘दोषी उम्कन पाउँदैनन् । उनीहरुलाई कानुन अनुसार कारबाही हुन्छ ।’
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu