संघीय र प्रदेश संसदमा रेशमको चर्चा :कतै नियमापत्ति,कतै रिहाईको माग (भिडियो सहित हेर्नुहोस र सेयर अनिवार्य गर्नुहोस् )

Wednesday, 7 March 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
लखन चौधरी/धनगढी:=प्रदेश मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मतको लागि संसदमा प्रस्तावपत्र दर्ज गरेपछि पक्ष र विपक्षमा सांसदहरु आ–आफ्नो मत जाहेर गरे । प्रतिपक्षमा रहेको राष्ट्रिय जनता पार्टीकी सांसद मालामति रानाथारुले सभामुख अर्जन थापाले दिएको १० मिनेटको समय सीमामा अधिकांश समय कारागारबाटै आमरण अनशन थालेका प्रतिनिधिसभा ‘सांसद’ रेशम चौधरीको पक्षमा खर्चिन् । जनमतबाट निर्वाचित सांसद चौधरीलाई हालसम्म प्रमाणपत्र र शपथ ग्रहण नगराएको र जर्बजस्ती अपराधी सावित गर्न खोजेको आरोप लगाइन् ।व्राहृमणवादी सोचका कारण थारुहरुलाई कानुनी विभेद गरेकाले प्रहरीकै मोस्ट वान्टेड सूचीमा रहेका नवराज सिलवाललाई शपथ ग्रहण गराएको तर कानुनको सम्मान गर्ने रेशमलाई जेलमा अपराधीझैं व्यवहार गरेको भनिरहँदा नेकपा एमालेका सांसद लिलाधर भट्टले बीचैमा उठेर नियमापत्ति जनाए । सभामुखको अनुमतिपछि बोल्दै सांसद भट्टले अदालतमा विराधीन मुद्दाबारे संसदमा धारणा राख्न नपाउने भन्दै आपत्ति जनाए।
तर सांसद मालामति रानाले आफ्नो भनाई नरोकी निरन्तर बोलिरहिन् । सोमबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रदेश आन्तरीक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहले रेशम चौधरीलाई अन्यत्र जेलमा स्थानान्तरण गर्ने भनी दिएको अभिव्यक्तिको कडा आलोचना समेत गरिन् ।उनले सामाजिक सद्भाव विना ठूला–ठूला विकासको परिकल्पना गर्नु व्यर्थ रहेको समेत आक्रोश व्यक्त गरिन्।
यता राष्ट्रिय जनता पार्टीले कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरीलाई तत्काल रिहा गरी संघीय संसदमा आउने वातावरण बनाउन माग गरेको छ ।पार्टीका अध्यक्ष मण्डल सदस्य राजेन्द्र महतोले मंगलबारको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै यस्तो माग गरेका हुन् । ‘कैलाली क्षेत्र नम्बर १ बाट जनताको अपार माया र मतले निर्वाचित रेशम चौधरी यो संसदमा हुनैपर्छ,’ महतोले भने, ‘कसैलाई कुनै आरोप लाग्नसक्छ, आरोप लाग्दैमा कोही अपराधी हुँदैन ।’
उनले चौधरीलाई संसदमा ल्याउने वातावरण बनाउन सरकार र संसद सचिवालयलाई आग्रह गरे । टीकापुर घटनाको मुख्य दोषी रहेको आरोप लागेका चौधरीलाई जिल्ला अदालत कैलालीले पुर्पक्षका लागि जेल चलान गरेको छ । दुई वर्षअघि कैलालीको टीकापुरमा थरुहट आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ सुरक्षाकर्मी र १ नाबालकको हत्या भएको थियो ।
''आरोप लाग्दैमा अपराधी भइँदैन, रेशम चौधरीमाथि कसैले आरोप लगाएको मात्र हो, अपराधी प्रमाणित भइसकेको छैन'' संसदमा राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले गरेको भाषण सुन्नु होस् र सेयर पनि अनिवार्य गर्नु होस् ।।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu