लेखक:=सांसद रेशम चौधरी,
एकादेशको नेवार,,
सडक फराकिलो बनाउने बहानामा पुरातात्विक सत्तल, पाटी–पौवामाथि धावा बोल्नु भनेको स्थानीय मूलवासीको अस्तित्व र अस्मितामाथि नै धावा बोल्नु हो । नेपालको ऐतिहासिक पुराताङ्खिवक संरचनाको जगेर्ना गर्ने पुरातङ्खव विभाग कुन बाहुनवादको दाइजोको पोल्टोमा छ ? संसारमा ऐतिहासिक पुराताङ्खिवक संरचनाको सुरक्षाका निमित्त विकसित मुलुकले अर्बौं रुपैयाँको बजेट छुट्टयाएका हुन्छन् तर हाम्रो मुलुकमा मूलवासीको इतिहास निमट्ट्यान्न पार्नका लागि सधैंसधैं विकासको नाममा यस्तै दमनपूर्ण कार्यहरू हुन्छन् । ऐतिहासिक पुराताङ्खिवक संरक्षणका निमित्त बनाइएको थारुहरुको संग्रहालय जलाउँदा पनि मुकदर्शक भएर बस्ने यिनै ठूला दल भनाउँदाको सरकार हो । राजधानीको सडक चौडा गर्ने बहानामा अहिले नेवार समुदायलाई विस्थापित गर्ने षड्यन्त्रमूलक सुनयोजित योजनालाई हामीले बेलैमा बुझ्नुपर्दछ । भक्तपुर, ललितपुर, वसन्तपुर हाम्रा ऐतिहासिक बस्ती हुन् । सरकारले सके यिनै बस्तीलाई भजाएर पर्यटनको विकास गर्ने हो । तर बाटोको नाममा कसैको पुस्तौंदेखिको इतिहास नै निमिट्यान्न पार्न खोज्नु फासिस्टवादभन्दा चरम दमन–शोषण हो । यस्तो बखतमा समेत नेवारी नेताको आवाज खोइ ? कहाँ गए २०४६ को प्रजातान्त्रिक लडाइँमा विजय दिलाउने नेवारहरु ? कहाँ गए ०६३ आन्दोलनका विशाल नेवार मिश्रित हुलहरु ? भोलि विकासको निहुँमा बस्ती नै सारियो भने नवस्थापित बस्तीमा तपार्ईँँको पहिचान पुनस्र्थापना हुन सक्छ ? बन्न सक्छन्, मल्लकालीन सत्तल, पाटी–पौवाहरु ? के अब हामीले नेवारको झ्यालमा कालो सिसा र स्टिल देख्नुपर्ने भयो ? नेवारको छोइला कचेला के अब सिजलर, बर्गरमा रुपान्तरित हुने भयो ? उठ ! जाग ! नेवार समुदाय ! तिम्रो चटामरीमा जुन स्वाद छ, त्यो आयातित पिज्जामा कहिल्यै हुन सक्दैन । हामी नेवार समुदायको परम्परा र पहिचानमाथि गर्व गर्छौं । भ्रष्टाचार मिसिएको फलामे छडबाट निर्मित राजधानी अन्तै सार्दा केही फरक पर्दैन तर काठले बनेका नेवारको पच्पन्न झ्याले दरबार नै हाम्रा लागि एलिजाबेथले पहिरिने कोहिनुर हीराभन्दा महङ्गो आभुषण हो ।
हिजो विष्णुमती, बाग्मती, बल्खु खोलामा माछा पौडिन्थे । आज आयातित मान्छेको मलमूत्र बग्छ । दशैंको नाममा आफ्ना कार्यकर्तालाई करोडौं बाँड्ने सरकारले नेवारकी देवी कुमारीलाई भने दुईचार हजारले टार्न खोज्छ । करोडपति नेता विरामी हुँदा करोडौं खर्च गर्ने एकात्मक शासनका जल्लादहरुले नेवारी लिङ्गोको लागि दुई लाख रकम पनि छुट्याउँदैनन् । के यो विभेदको बारेमा नेवार समुदाय अञ्जान छ ? कहाँ गए “काठमाडौंमा नेवा खस“ भन्ने कृष्णगोपालहरु ? सयौं वर्षदेखि संरक्षण गर्दै आएको पशुपतिनाथका पुजारी नेवार समुदायको भण्डारीहरुको उचित संरक्षण खोइ ? आफ्नो नातेदारको घरमा जन्मेको बच्चालाई राज्यकोषबाट करोडौं खर्च गरी अमेरिकामा उपचार मात्रै होइन, अझै सवारीका निमित्त करोड प्रदान गर्दा हाम्रो कुमारीको मापदण्ड के हो भनेर सोध्नु पर्दैन ?
हिजो विष्णुमती, बाग्मती, बल्खु खोलामा माछा पौडिन्थे । आज आयातित मान्छेको मलमूत्र बग्छ । दशैंको नाममा आफ्ना कार्यकर्तालाई करोडौं बाँड्ने सरकारले नेवारकी देवी कुमारीलाई भने दुईचार हजारले टार्न खोज्छ । करोडपति नेता विरामी हुँदा करोडौं खर्च गर्ने एकात्मक शासनका जल्लादहरुले नेवारी लिङ्गोको लागि दुई लाख रकम पनि छुट्याउँदैनन् । के यो विभेदको बारेमा नेवार समुदाय अञ्जान छ ? कहाँ गए “काठमाडौंमा नेवा खस“ भन्ने कृष्णगोपालहरु ? सयौं वर्षदेखि संरक्षण गर्दै आएको पशुपतिनाथका पुजारी नेवार समुदायको भण्डारीहरुको उचित संरक्षण खोइ ? आफ्नो नातेदारको घरमा जन्मेको बच्चालाई राज्यकोषबाट करोडौं खर्च गरी अमेरिकामा उपचार मात्रै होइन, अझै सवारीका निमित्त करोड प्रदान गर्दा हाम्रो कुमारीको मापदण्ड के हो भनेर सोध्नु पर्दैन ?
म पनि नेवारको ज्वाइँ हो । मलाई आफ्नो ससुरालीको पहिचानको चिन्ता छ । तर, ससुरालीको दाइजोमा राजधानीमा महल ठड्याउने कपुत ज्वाइँ साहेबलाई नेवार समुदायले कहिले पहिचान गर्ने ? सांस्कृतिक परम्पराका अत्यन्तै धनी नेवार समुदायको खेत, पाखा सबै हडप्दा समेत चुप्प बसिरहनु यो कहाँसम्मको दमन सहन हो ? म काठमाडौंको भृकुटीमण्डपस्थित आर. आर. क्याम्पसमा रात्रीकक्षा पढ्दा पैदल मार्च गर्दै बल्खुसम्मको डेरामा पुग्नुपथ्र्यो । त्यो बेला राति पैदल हिंड्दा स्यालले टोकेर चौधवटा सुइ लगाउने मैं हुँ । आज उपत्यकाको विशाल नेवारको खेतीयोग्य जमिन कंक्रिटमा परिणत भइसक्यो । यसको जिम्मेदार को हो ? नेवारको पुख्र्यौली सम्पत्तिमा कुन सप्पन्न मान्छेको महल बन्यो ? नेवार समुदायले खोज्नु पर्दैन ? कहाँ, कसरी हडपिए– मैतीदेवीका विशाल फाँटहरु ? अनामनगरका फाँटबारी कता गए ? अझै कति दमन–शोषण सहने नेवार समुदाय ?
मलाई पहिचान पक्षधरको नेता, लेखक जे भने पनि हुन्छ । मैले त नेवार समुदायमाथिको दमन, अत्याचार सहन नसकेर मात्रै यो लेखेको हुँ । पहिचानको आवाज उठाउनेले यति पनि लेखेन, बोलेन भने अन्याय हुन्छ । अहिले सडक विस्तारका नाममा नेवार समुदायमाथिको ज्यादति मबाट सहन भएन । थारु समुदायको एक सचेत युवाले यत्ति गर्न सक्छ भने नेवार समुदायको पनि मुख, हात छन् । चुपचाप बस्नुभयो भने एक दिन पहिचानविरोधीले एकादेशको दन्त्य कथा आफ्ना सन्तानलाई सुनाउने छन्– “एकादेशमा तिम्रो बुढो मामा घर थियो, तिम्रो बज्यै र म त्यहाँ जान्थ्यौँ, तिम्रो मामाघरको बुढी बज्यैले हामीलाई प्यालामा वासा दिन्थिन् । म छोइला–कचेलासँगै वासा मातिउञ्जेल पिउँथे । तिम्रो बज्यै छेउको गुन्द्रीमा बसेर कुपुकुपु चटामरी खान्थिन् । कति रमाइला हुन्थ्ये ती दिनहरु ? बीचैमा पहिचान विरोधीको नातिले प्रतिप्रश्न गर्नेछ– हामीलाई कहिले लग्ने ग्राण्ड पा त्यहाँ ? “छेउमा बसेकी बुढी बज्यैले तुरुक्क आँशु चुहाउँदै भन्नेछिन्– अब त्यो मामाघर कहाँ रह्यो र ! न त वासा, चटामरी बनाउने बज्यै रहिन्, न त त्यसबेलाको जस्तो मामाघर ! हो, त्यसबेला सबै नेवार बुढाबुढीको आँखामा केवल आँशु मात्रै बाँकी रहनेछ, किन कि यसबेलाको सानो गल्तीले नेवारको पहिचान एकादेशको दन्त्य कथा जस्तै !