माघी,ल्होसार,उधौली-उभौली पर्वमा दिने बिदा हटाउदै ओली सरकार/दसैंमा मात्र ७ दिन बिदा

Thursday, 29 March 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश सहकर्मी,,

(अान्दाेलनका लागि तयार रहन महासंघकाे अपिल)

काठमाडौं:=नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामले राज्यले मुठभेटको स्थिति पैदा गर्न लागेकाले तयारी अवस्थामा रहन आदिवासी जनजाति समुदायलाई आग्रह गरेका छन्।राज्यले आदिवासी जनजातिको समुदायगत चाड पर्वमा दिइने बिदा कटौती गर्नुका साथै गाई गोरुको मासु खाएको अभियोगमा देशका विभिन्न ठाउँबाट आदिवासी जनजातिलाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाइरहेकाले सो विरुद्ध कडा आन्दोलन गर्नुपर्ने समय आएको अध्यक्ष बरामले बताए ।
आन्दोलनको खाका तयार पार्ने विषयमा भोलि बिहीबार बिहान ८ बजे विभिन्न जातीय संस्थाका प्रतिनिधिहरुसँग आकस्मिक बैठक राखिएकोउनले बताए ।
सरकारले आदिवासी जनजातिको मौलिक चाड पर्वका दिन दिदै आएको सार्वजनिक विदा समेत कटौती गर्ने तयारी गरेपछि अब सडक आन्दोलनमा उत्रिने बेला आएको उनले बताए ।‘शेर्पा, तामाङ र गुरुङहरुको ल्होसार, किरातीहरुको उधौली उभौली, थारु र मगरहरुको माघी पर्वको दिन दिइदै आएको सार्वजनिक विदा कटौती गरिदैछ भन्ने सूचना पाएका छौ,’ अध्यक्ष बरामले भने, ‘हामीले यो विषयमा गृहमन्त्री (रामबहादुर थापा बादल)सँग सोध्यौ, उहाँहले प्रधानमन्त्रीसँग नै भेट्नुस भनेर सुझाव दिनुभयो। प्रधानमन्त्रीसँग भेट्नका लागि पटक पटक समय माग्यौ तर हामीलाई समय नै दिइएन ।’प्रधानमन्त्री केपी ओलीसँग भेटेर सार्वजनिक विदा कटौतीदेखि लिएर गाई गोरु खाएको अभियोगमा मुद्दा चलाइएको विषयसम्म उठाउने तयारी गरिएको भए पनि आदिवासी जनजातिका लागि समय नदिइएको उनको गुनासो छ ।
आकस्मिक बैठकमा मुख्य गरी समुदायगत विदा कटौती, गाई प्रकरण र युरोपियन युनियनको विषयमा छलफल गरी निर्णय लिइनेछ ।
‘युरोपियन युनियनको विषयमा हामीले उसलाई समर्थन गरेका थियौ तर सरकारले हामीलाई विपक्षी बनाएको छ,’ बरामले भने, ‘गाई गोरु खाएको अभियोगमा अहिले पनि हेटौडादेखि पूर्वको संखुवासभा लगायत ठाउँमा हाम्रा मान्छेहरुलाई पक्रने र मुद्दा चलाउने काम भइरहेको छ । बैठकमा यी विषयमा पनि कुराकानी हुनेछ ।’गैरन्यायिक सडक विस्तारविरुद्ध बुधबार राजधानीमा प्रदर्शन गर्दा प्रहरीले दमन गरेकोमा समेत अध्यक्ष बरामले विरोध जनाएका छन् ।बैठकमा पहिचानसहितको प्रदेश निर्माणको सन्दर्भमा पनि महासंघले पुन आफ्नाे धारणा तय गर्ने बताइएको छ।सरकारले सार्वजनिक विदा धेरै हुँदा सरकारी काम प्रभावित भएको भन्दै विभिन्न दिवस र चाड पर्वको विदासहित २२ दिन सार्वजनिक विदा कटौती गर्ने तयारी गरेको छ ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu