१७ वर्शिया घरेलु कामदार आयशा चौधरीको बलत्कार गरि हत्या गरिएको खुलासा (भिडियो सहित)

Monday, 12 March 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
विराटनगर:=ललितपुरमा घरेलु कामदारको मृत्युको विषय छानबिन गर्न माग गर्दै विराटनगरमा आइतबार विरोध प्रदर्शन गरिएको छ ।
इमाडोलस्थित विनय दाहालको घरमा काम गर्दै आएकी कटहरी गाउँपालिका-१ की १७ वर्षीया आइसा चौधरी मृत्यु प्रकरण छानबिनको माग गर्दै उनका आफन्तजनले विरोध प्रदर्शन गरेका हुन् । कटहरीबाट निकालेको शवयात्रा विराटनगर परिक्रमा गराइएको थियो ।
आइसाकी आमा गुलजारीदेवी चौधरीले ललितपुरको सातदोबाटो प्रहरी वृत्तमा सदगतका लागि शव बुझेर शनिवार राति घर आएकी हुन्।
आइसाकी दिदी बबिता चौधरीले बहिनीको देब्रे हातमा तीन ठाउँ काटिएको, गाला शरीरको विभिन्न भागमा कुटपिट गरेको डाम रहेकोले आत्महत्या नभई हत्या भएको जिकिर गरिन्ब । ‘आत्महत्या गरेको भए विनय दाहाल शवसँगै सदगतका लागि आउने थिए,’ उनले भनिन्, ‘बहिनीलाई दाहालले बलात्कार गरेर मारेकोले घटना छानबिन गरेर पीडितलाई न्याय दिलाउन सबैसँग आग्रह गर्छु ।’ उनका अनुसारकटहरीको खोरियाका जयप्रकाश चौधरीमार्फत विनयको घरमा काम गर्न आइसालाई इमाडोल पठाइएको थियो ।
बबिताले घटनापछि केशव सपरिवार विराटनगरबाट भागेकोले आफूहरुलाई थप शंका लागेको बताइन्। ‘आमा थारु भाषाबाहेक अन्य भाषा बुझ्दैन र काठमाडौं पनि पहिलो पटक नै जानुभएको थियो,’ उनले भनिन्, ‘विनयले आफ्नो अनुकूल सबै ठाउँमा अौंठा छाप लगाएर एम्बुलेन्ससहित आमालाई एक्लै लाससँग पठायो।’ आमालाई परिवारका अन्य सदस्यलाई पनि यही काठमाडौंमा नै बोलाएर सदगत गर्न समेत दबाब दिएको उनको भनाइ थियो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक अरुणकुमार बिसीले घटना २५ गते दिउँसो नै काठमाडौंमा भएकोले यसमा आफूहरुले केही गर्न नसक्ने बताए। उनका अनुसार पीडित परिवारले सातदोबाटो प्रहरी वृत्तमा गएर नै छानबिनको लागि उजुरी दिनुपर्छ ।आइसा चैत महिनादेखि दाहालको घरमा काम गर्दै बसेकी थिइन्।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu