काठमाडौंमा राष्ट्रिय थारु कलाकार संघको स्थापना/संयोजकमा बिनय बैध चयन

Sunday, 18 March 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हमार सनेश सहकर्मी,,
काठमाडौ := चम्पन सांस्कृतिक समुहका अध्यक्ष नन्दुराज चौधरीको अगुवाइमा राष्ट्रिय थारु कलाकार संघको स्थापना भएको छ। पुर्व मेची देखि पश्चिम महाकाली सम्मको सम्पुर्ण थारु कलाकारहरुको हक हितको लागि काम गर्ने ध्येयले सीसीआरसी कलेज बालकुमारीमा पहिलो पटक कलाकारिता क्षेत्रका विभिन्न बिधामा काम गर्ने ब्यक्ति हरुको उपस्थितिमा संघको स्थापना गरियो। २०७५ नयाँ बर्ष संगै देउखुरीको लमहिमा बृहत कार्यक्रम सहित महाधिवेशन गर्ने योजनाका साथ पहिलो तदर्थ समिती समेत चयन गरियो।

तदर्थ समितिमा बिनय बैद्द लाई पहिलो संयोजक चयन गरियो भने वीर चौधरी , जानकी चौधरी , सुर्यनारयण चौधरी , रोशन रत्गैया , विवश चौधरी , सुनिता दहित , मनोज महतो , श्रीनिवास चौधरी , समिक्षा चौधरी , गोरन चौधरी , खेम भौगरिया , अन्जु चौधरी , सुशीला चौधरी , दिपक चौधरी , लक्ष्मी चौधरी , सुनिता चौधरी सदस्यको रुपमा चयन भए।

कार्यक्रममा समाजसेवी नन्दुराज चौधरी ,थारु चलचित्र बिकास बोर्डका अध्यक्ष राम लाल चौधरी छायांकन हरिनारायण चौधरी थारु अभिनेत्री/निर्मात्री सोनु थारु लगायतको उपस्थिति रहेको थियो।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu