रेश्मीकाे संयोजकत्वमा नेपाल लाईफकाे पेशागत बीमा अभिकर्ता संघ गठन

Tuesday, 27 March 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश सहकर्मी,
राम अवतार चाैधरी,, चन्द्राैटा(कपिलवस्तु),,:=नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे कपिलवस्तु उपशाखा शिवराज नगरपालिका चन्द्राैटामा हिजाे साेमबार बीमा अभिकर्ता संघकाे भेला कार्यक्रम सम्पन्न भएकाे छ । एजेन्सी म्यानेजर प्रेम बहादुर रेश्मीकाे संयोजकत्वमा भएकाे भेला कार्यक्रमले पेशागत बीमा अभिकर्ता संघ-नेपाल राष्ट्रिय ट्रेड युनियन संघकाे स्थापना र साथै चन्द्राैटा उपशाखाकाे कार्य चुस्त दुरुस्त बनाउनका लागि ११ कार्यसमिति गठन गरिएको हाे । भेला कार्यक्रमबाट चयन हुनेमा प्रेम बहादुर रेश्मी अध्यक्ष, सुमित्रा अधिकारी उपाध्यक्ष, स्वेता गिरी सचिव, सुर्यमती यादव सहसचिव, धर्मराज तेली काेषाध्यक्ष, सदस्यहरूमा राम अवतार चाैधरी, मिरा बाेहरा, सरस्वती पाैडेल, सिर्जना थापा, कृष्ण गिरी र राजकिशाेर कुर्मी लगायतका चयन भएका छन् । भेला कार्यक्रमका प्रमुख अतिथि रहनु भएका पेशागत अभिकर्ता बीमकका केन्द्रिय सचिव ऋषिराम भुसालले उपस्थित अभिकर्ताहरूकाे गुनासो, प्रश्न तथा सुझाव सल्लाहलाई मनन एवम् स्विकार गर्दै र त्यसको जवाफ समेत दिनुभयो । उहाँले हाल सम्म भाेग्दै अाएकाे उतारचढावकाेबारेमा बताउँदै फिल्डमा समाजकाे जनतालाई गाउँ-गाउँमा गएर जीवन बीमाकाे बारेमा धेरै भन्दा धेरै मानिसलाई बीमा गर्दाकाे फाइदा र नगर्दाको बेफाइदाकाे बारेमा बुझाउन सके बीमाकाे क्षेत्र निकै फराकिलो हुने साथै नेपालमा रहेका थुप्रै जीवन बीमा कम्पनी मध्य नेपाल लाईफ अझै उत्कृष्ट हुने अाशा पनि व्यक्त गर्नुभयाे । अहिलेसम्म नेपालकाे सबै भन्दा बढि बाेनस दिन सफल हुनेमा पनि नेपाल लाईफ इन्स्योरेन्स रहेकाे र बार्षिक ६५ देखि ६८ प्रतिशत बनाेस पनि उपलब्ध गराइरहकाेले नेपालकाे १ नम्बर कम्पनीमा परेकाे पनि अतिथि भुसालले बताउनु भयाे ।
उक्त कार्यक्रम प्रेम बहादुर रेश्मीकाे अध्यक्षता, ऋषिराम भुसालकाे प्रमुख अातिथ्यिता, पेशागत बीमा अभिकर्ता संघ-नेपाल राष्ट्रिय ट्रेड युनियन संघ बुटवल शाखा अध्यक्ष ज्ञानमुर्ती ज्ञवालीकाे बिशिस्ट अातिथ्यिता, महिलाहरूमा सबभन्दा पहिलाे बिमक एजेन्सी म्यानेजर तथा पेशागत बीमा अभिकर्ता संघ-नेपाल राष्ट्रिय ट्रेड युनियन संघ बुटवल शाखा सदस्य कमला जाेशी लगायतकाे अातिथ्यिता धर्मराज तेलीकाे स्वागत मनतव्य, यदुनन्द भण्डारीकाे सञ्चालन र ३१ जना नेपाल लाईफ कम्पनीको अभिकर्ताहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएकाे अायाेजक कमिटीले बताएकाे छ ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu