मलेसियामा आयोजना गरिएको ओपन तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडी अस्मितालाई कास्य

Monday, 5 March 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

काठमाडौं :=तेक्वान्दोकि खेलाडी नेपालकी अस्मिता खड्काले मलेसियामा मार्च १ देखि ४ सम्म आयोजना गरिएको मलेसिया ओपन तेक्वान्दो च्याम्पियनसिपको महिला सिनियर ४९ केजीमुनि शनिबार कांस्य जितेकी छन् । अस्मिताले पहिलो चरणमा मलेसियाकी खेलाडीलाई ६–४ ले पराजित गरिन् भने अर्को चरणमा अस्ट्रेलियाकी खेलाडीलाई १७–१६ ले हराएको नेपाल तेक्वान्दो संघका सचिव नविनकुमार क्ष्रेष्ठले जानकारी गराउनु भयो।

सेमिफाइनलमा अस्मिता मलेसियाकी खेलाडीसँग ९–१३ ले चुकेपछि कांस्यमा सीमित भइन् । उनका अुनसार समय अब्यवस्थित भएर प्राबिधिक गडबडीको कारण कल्पना चौधरी मलेसिया, भुपेन श्रेष्ठ थाइल्यान्ड र उज्ज्वल गुरागाईं इन्डोनेसियाका खेलाडीसँग पहिलो चरणमै पराजित हुन पुगे।
पुरूषमा अाइतबार भएकाे खेलमा मनाेज मल्ल क्वाटरफाइनलमा प्रवेश गरेका छ्न।
त्यसअघि मनाेजले साउदी अरबका खेलाडीलाइ २५-४ ले सहजै पाखा लगाएका थिए ।

बुधबारको दिननै मलेसियामा आइपुगेका नेपाली तेक्वान्दो खेलाडीहरु मार्च १ देखि ४ सम्म आयोजना गरिएको उक्त च्याम्पियनसिपका लागि तेक्वान्दोका मुख्य प्रशिक्षक नन्दुकुमार राईको नेतृत्वमा ७ सदस्यीय खेलाडी मलेसियामै रहेका छन् । च्याम्पियनसिपमा नेपालको तर्फबाट संघका सचिवसमेत रहेका नबिनकुमार श्रेष्ठले निर्णायकको भुमिका निर्भाह गरेका थिए।
टोलीको प्रशिक्षकमा विशाल रायमाझि रहेका छन् । च्याम्पियनसिपको फाइटमा मनोज मल्लले ५४ केजी, रन्जन श्रेष्ठले ६८ केजी, उज्ज्वल गुरागाईँले ८० केजी, भुपेन श्रेष्ठले ८७ केजी र उमेशराज भण्डारीले ६३ केजी तथा महिलामा कल्पना चौधरीले ४६ केजी र अस्मिता खड्काले ४९ केजीमा नेपालको तर्फबाट चुनौती प्रस्तुत गरेका थिए। च्याम्पियनसिप जी–१ खेल भएकाले खेलाडीको सहभागितामै अंक प्राप्त नतिजा सार्वजनिक गरिएका थिए।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu