२०७२ भाद्र ७ गते कैलालीको टीकापुरमा भएको राजनीतिक घटनामा परेर सात सुरक्षाकर्मीसहित एक नाबालकको ज्यान गएको थियो । घटना दुःखद भयो । हामीले थारु पहिचान र अधिकारकानिम्ति आन्दोलन गरेका थियौं । कसैको अधिकार र ज्यान लिने उद्देश्य थिएन । थारुको आन्दोलनमा सुरक्षाकर्मीले हस्तक्षेप गरेपछि घटना घट्न पुग्यो । सबै दोस मेरो टाउकोमा हालियो । एकोहोरो रुपमा मलाई दोसी देखाइयो । एक डेढ वर्षसम्म मलाई सो ठाउँमा आउन सक्ने वातावरण बनेन । मंसिर २१ मा भएको प्रतिनिधिसभा निर्वाचनमा भाग लिएँ । लोकतान्त्रिक प्रक्रिया र विधिअनुरुप निर्वाचनमा उम्मेदवारी दिएँ । ३४ हजार ३४१ मत ल्याएँ । करिब २१ हजार मतले प्रतिद्वण्द्वीलाई पछाडि पारेर निर्वाचित भएँ । विजय उन्मादमा थिएँ । माहौल न विग्रोस भनेर म निर्वाचनताका निर्वाचन क्षेत्रमा आएन । जनताले मेरो आवश्यकता महुशस गरी मलाई निर्वाचित गराए । भारी मतले निर्वाचित भएपछि जनताको मागअनुरुप म सार्वजनिक भएँ । भारतमा, निर्वासित जिवन बाँचोस भनेर मलाई जनताले मत दिएका होइनन् । त्यही भएर फागुन १४ गते कैलाली अदालतसामु उपस्थित भएँ । सही न्याय पाउँछु भनेर अदालतसामु उपस्थित भएको हुँ ।
न्याय माग्न आएका एकजना माननीयलाई पुर्पक्षमा थुनामा राख्ने काम भयो । जसको घरमा लुटपाट भएको छ, घर जलाइएको छ । गाडी जलाइयो । एफ.एम. जलाइयो । श्रीसम्पत्ति सबै तोडफोड गरिएको छ, उसैलाई लुटपाट, डाँका र ज्यानमाराको आरोप लगाइएको छ । जसलाई दुई वर्षसम्म बाहिर लखेटेयो, उसलाई ज्यान मुद्दा लगाइएको छ । मुद्दा प्रमाणित नहुँदासम्म किन गलत आरोप लगाइयो ? पूर्वाग्रही ढंगले मलाई पुर्पक्षकालागि थुनामा राखिएको छ । अत्यन्त गम्भीर मुद्दा भएमात्र पुर्पक्षकालागि थुनामा राख्ने हो । कहीं नभागोस् भनेर पुर्पक्षमा राख्ने हो । म त कहीं भाग्ने पनि होइन । म जनताबाट निर्वाचित सांसद हुँ । जनताकै सेवाकालागि आएको हुँ । जनताको पक्षमा सधैं लडिरहने छुँ ।
भाद्र ७ गते घटेको घटनालाई उछाल्ने काम भयो । भाद्र ८ गते थारुको घर, पसल छानी छानी आगजनी र तोडफोड गरियो । करोडौंको श्रीसम्पत्ति नास भयो । कफ्र्यूकैबीचमा सुरक्षाकर्मीको सहयोगमा स्थानीयले आगजनी गरे । किन उनीहरुलाई पक्राउ गरिएन ? के थारुको घरमा आगजनी गर्ने, तोडफोड गर्ने, थारु चेलीलाई जवर्जस्ती गर्ने दोसी होइनन् ? उनीहरुलाई कानून लाग्दैन ? गैरथारुको घटनालाई सरकार र मिडियाले देख्ने, थारुको घटनालाई किन देखेनन् सरकार र मिडियाले ? गम्भीर विषय हो ।

किन उपस्थित भएँ ?
घटना घटेकै दिनदेखि म सुरक्षाकालागि निर्वासित थिएँ । भाग्ने कारण नहुँदानहुँदै आफ्नो सुरक्षाकालागि निर्वासित भएको थिएँ । घटनामा मेरो संलग्नता थिएन । तैपनि ममाथि दोस थोपरियो । गलत आरोप लगाएर मेरो ज्यानलाई खतरामा पार्ने काम गरियो । त्यहीकारण सुरक्षालाई मध्येनजर गरी म निर्वासित भएको हुँ । कैलाली १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि शपथ खानुपर्ने भयो । जनताले मलाई विश्वास गरी आफ्नो अमूल्य मत दिए । त्यो मतको अवमूल्यन गर्न म सक्दिनँ । सर्वोच्च अदालतले निर्वाचित प्रमाणपत्र लिन व्यक्ति स्वयम् उपस्थित भएमात्र दिने बताएपछि म भौतिकरुपमा उपस्थित भएको हुँ । फागुन १४ गते कैलाली अदालतसामु उपस्थित भएँ । ठीक समयमा म उपस्थित भएँ । म आएको महिना दिन पुग्यो । तर निर्वाचित प्रमाणपत्र प्राप्त भएन, किन ? सर्वोच्च अदालतले भनेको विषय पनि किन कार्यान्वयन हुँदैन ? निर्वाचन आयोगले किन मलाई प्रमाणपत्र दिएर शपथ ग्रहण गराउन हिच्किचाइरहेको छ ?

किन अनसन बसें ?
प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि थप जिम्मेवारीबोध भयो । निर्वाचित भएपछि उत्सवकोरुपमा शपथ खाने सबैमा उत्साह थियो । ऐतिहासिक पर्वकोरुपमा थियो । थारु भेषभेषा, पहिचान झल्काउनेगरी संसद भवनमा उपस्थित हुने आकांक्षा मेरो पनि थियो । आफ्नो हक र अधिकार माग गरेर अनसन बसें । निर्वाचित प्रमाणपत्र पाउँ, पद तथा गोपनीयताको शपथ खान पाउँ र संसद बैठकमा उपस्थित हुन पाउँ भनेर अनसन बसेको हुँ । जनताको पक्षमा आवाज उठाउँ भन्ने मेरो पनि दायित्व हो, कर्तव्य हो । फागुन १६ गतेबाट कैलाली कारागारबाटै आमरण अनसन शुरु गरेको थिएँ । अनसन बस्दैगर्दा स्वास्थ्यअवस्था विग्रेपछि उपचारकालागि सेती अञ्चल अस्पतालमा भर्ना गरियो । थप उपचारकालागि काठमाडौंमा ल्याएर बीर अस्पतालमा भर्ना गरे । तैपनि मैले अनसन तोडिनँ । सरकारले माग पूरा गरेमात्र अनसन तोड्ने मेरो प्रण थियो ।

“म प्रधानमन्त्रीको सन्देश लिएर आएको छुँ, तपाईलाई शपथ ग्रहण गराउने र प्रमाणपत्र दिने कुनै कानूनी छेकवार छैन । अनसन तोडेको ३ देखि ५ दिनभित्र प्रमाणपत्र दिएर शपथ खुवाउँछौं ।” उनले त्यसो भनेपछि मैले चैत २ गते अनसन तोडें । अनसन तोडेको आज गृहमन्त्रीले भनेको दिन पार भएको छ ।
किन असन तोडें ?
प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा सरकारका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ वीर अस्पतालमा आए । अनसन बसेको १८ औं दिनमा गृहमन्त्री आएका थिए । उनले भने, “म प्रधानमन्त्रीको सन्देश लिएर आएको छुँ, तपाईलाई शपथ ग्रहण गराउने र प्रमाणपत्र दिने कुनै कानूनी छेकवार छैन । अनसन तोडेको ३ देखि ५ दिनभित्र प्रमाणपत्र दिएर शपथ खुवाउँछौं ।” उनले त्यसो भनेपछि मैले चैत २ गते अनसन तोडें । अनसन तोडेको आज गृहमन्त्रीले भनेको दिन पार भएको छ । बीचमा शनिबार, विदा परेर होला सायद शपथ हुन सकेन । विश्वास गरौं, चाँडै सरकारले मलाई प्रमाणपत्र दिलाएर शपथ खुवाउने छ । गृहमन्त्री थापा अस्पताल आउँदा राजपाका अध्यक्ष मण्डलका सदस्यहरु उपस्थित थिए । राज्यको गृहमन्त्री आएर आश्वासन दिएपछि मैले नमान्ने कुरै थिएन । त्यही माग राखेर अनसन बसेको थिएँ । सरकारले पूरागर्छु भनेपछि मान्नै पर्यो । अब हेरौं सरकार आफ्नो प्रतिवद्धतामा कति इमान्दारिता देखाउँछ । सरकारले आफ्नो वचन पूरा नगरेपछि केही सोच्नुपर्ला । के कति कारणले मैले प्रमाणपत्र नपाएको हो ? के कति कारणले मैले शपथ खान नपाएको हो ? मैले पनि जवाफ पाउनुपर्छ ।

हाम्रो विचल्लीको ठेक्का कसले लिने ?
दुई वर्षको बच्चा आन्दोलनकारीबाट मारिएको हो या होइन ? राज्यले छानविन नगरी एकोहोरो आन्दोलनकारीलाई दोस लगाउनु ठीक होइन । बच्चा मर्नु दुःखको कुरा हो । त्यसमा म व्यक्तिगतरुपमा दुःखी छुँ । मेरो समाज दुःखी छ । तर त्यो घटनामा हाम्रो दोस हो कि होइन ? छानविन होस् । छानविनबाट दोसी ठहरे सहुँला बुझाउँला । विना छानविन आरोप लगाउनु गलत हो । नेपालीहरुको भावनामा बग्ने बानी छ । टीकापुरको घटनालाई भावनामा बगाउनु हुँदैन । निश्पक्ष छानविन गर्नुपर्छ । छानविनबाट दोसी ठहर भएकोलाई कानूनअनुसार कारवाही हुनैपर्छ । छानविनबाट म दोसी देखिएँ भने म पनि कारवाही सहुँला । छानविन गरौं, हामीले भनेकै छौं । अनाहकमा झुठामुद्दा लगाएर हाम्रो पीडामाथि पीडा थोपर्न पाइँदैन । हाम्रो भविष्य वर्वाद पार्न पाइँदैन ।

झुठा मुद्दाले हाम्रो घर, परिवारको विचल्ली भएको छ । यसको जिम्मा कसले लिने ? राजनीतिक आन्दोलनका क्रममा मुठभेद हुँदा घटना हुनगयो । घटनाको छानविन गर भनेकै छौं । राज्य के हेरेर बसेको छ ? ५८ जनामाथि मुद्दा लगाइएको छ । २६ जना जेलमा छन् । २८ जना अझै बेपत्ता छन् । उनीहरुको परिवारको विचल्ली छ । त्यसको जिम्मा कसले लिने ? राज्यको दायित्व हो वा होइन न्याय दिने ? छानविन गरेर चाँडै न्याय दिनुपर्छ । भाद्र ७ गते त राजनीतिक दुर्घटना भयो । भाद्र ८ गते कफ्र्यूकाबीच थारुको घर छानीछानी आगो लगाइयो ? सम्पत्तिमाथि लुटपाट गरियो । आगजनी गर्नेलाई कारवाही हुन्छ कि हुँदैन ? राज्यले कस्तो न्याय दिन खोजिरहेको छ ? ७ गतेको घटनाका दोसी भनेर मुद्दा थोपर्ने, ८ गतेका घटनामा संलग्न रहेकालाई ज्वाइँ बनाएर राज्यले राख्न मिल्छ ? खै कहाँ छ न्याय ? मिडियाले किन त्यो घटना देखेन ?
(टीकापुर घटनाका आरोपी रेशम चौधरीसँगको कुराकानीमा आधारित)
प्रस्तुति र तिस्वरः लक्की चौधरी