चालिस लाख रुपैयाको लगानीमा बन्दै नयाँ थारु फिल्म ‘भुरभुरा रहर’

Monday, 26 March 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
नेपालगञ्ज:=करिब चालिस लाख रुपैयाँमा निर्माण कार्य शुरु गर्दैगरेको भुरभुरा रहर फिल्म निर्माण पक्ष सुटिङकालागि थारु गाउँतिर प्रस्थान गरेको छ । बाँक, वर्दिया, दाङ, कैलाली क्षेत्रका थारुको जनजीवनलाई उतार्ने निर्माण पक्षको भनाई छ ।थारू भाषाको फिचर फिल्म भुरभुरा रहर थारू समुदायको कथा हो । पश्चिम नेपालको थारू समुदायमा दशैंको रौनकसँगै सखिया नाच्ने प्रचलन छ । गाउँका किशोरी, महिला तथा किशोर, पुरूषहरूको सामूहिक नाच सखिया हो ।

पुरुषहरुले बजाउने मादलको तालमा महिलाहरुले नृत्य गर्छन् । यो नाचमा मुजुराको ताल पनि अपरिहार्य हुन्छ । मुजुरा महिलाले बजाउँ   छन् । थारू समुदायमा दशैंको रौनक भनेकै सखिया हो । तर गाउँका सबै केटा तथा केटीमा सखिया नाच्नकालागि चाहिने सामानहरू नहुन पनि सक्छ ।आर्थिक अवस्था निकै कमजोर भएका परिवारलाई त झनै गाउँमा हुने यस्ताखाले नृत्यमा सहभागी हुन कल्पनाको कुरा हुन्छ । भुरभुरा रहर त्यसैको सेरोफेरोमा घुम्छ । थारू गाउँकी एउटी किशोरीको रुमानी चाहना र घर परिवारको माया र पीडामा पोतिएको मनोविज्ञान यो फिल्मको मुख्य सार हो ।
थारू गाउँकी एउटी किशोरीको रुमानी चाहना र घर परिवारको माया र पीडामा पोतिएको मनोविज्ञान यो फिल्मको मुख्य सार हो ।
फिल्मले गाउँमा हुर्किएका एउटै उमेरका केटीहरूको मनोविज्ञान पनि दर्साउँछ । जो कोही आर्थिकरूपले सबल परिवार र कोही आर्थिकरूपले दयनीय परिवारमा हुर्किएका हुन्छन् ।
थारू भाषाको फिल्म एकदमै न्युनस्तरमा निर्माण हुन्छन् । निर्माण भएका फिल्मले पनि सिनेमा हल पाउँदैनन । उच्च प्रविधिको प्रयोग र गुणस्तरको कमीले पनि थारू भाषाका फिल्महरूले हल पाइरहेको अवस्था छैन । यही कमजोरी हटाउन हामी गुणस्तरलाई पहिलो प्राथमिकता दिएका छौं ।थारू फिल्मको इतिहासमै यस फिल्ममा पहिलोपटक रेड क्यामेरा प्रयोग हुँदैछ । यो फिल्मको लागत करिब ४० लाख हुनेछ । फिल्मको छाँयाकन बर्दियाको ठाकुरद्वारास्थित पत्थरबोजीमा गाउँमा हुँदैछ ।थारू फिल्म प्रोडक्सन प्रालिको ब्यनरमा निर्माण हुने फिल्मको निर्देशन मदन चौधरी, क्रियटिभ निर्देशन प्रणव आकाश, कथा पटकथा सुशील चौधरी र निर्माण रामलाल चौधरीले गर्दैछन् । फल्मको कार्यकारी निर्मातामा गायत्री चौधरी र हर्षनारायण चौधरीले गर्दैछन् भने सिनेमेटोग्राफर हरिनारायण चौधरी छन् ।
त्यस्तै, कलाकारमा इन्द्र चौधरी, भिष्मा चौधरी, लक्ष्मीमान चौधरी, सिवानी चौधरी, छबिलाल कोपिला, निरज चौधरी, भूमिका थारू, सुनिता चौधरी, शान्ति चौधरी, सुदीप चौधरी, तिजाराम चौधरी, लहिया चौधरी, रामलाल चौधरी, जानकी चौधरी, चेरु थारु, सितापति थारु, धनिराम थारु, प्रधान थारु रहेको निर्माण पक्षले बताएको छ ।फिल्मको सुटिङकालागि नेपालगञ्ज पुगेको निर्माणपक्षले पत्रकार सम्मेलन गरेर सो फिल्मका बारेमा जानकारी गराएको छ । फिल्ममा थारु जनजीवनलाई बढीभन्दावढी उतार्ने प्रयासमा निर्माण टीम लागेको छ ।

source:-hamar pahura.com
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu