कृषि सहकारीको शेयर, बचत तथा अभिमुखिकरण शिक्षा तालिम कार्यक्रम सम्पन्न

Wednesday, 28 March 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश सहकर्मी,
राम अवतार चाैधरी,, खरेन्द्रपुर(कपिलवस्तु):=श्री शिवराज कृषि सहकारी संस्था लिमिटेडकाे सहकारी, शेयर, बचत तथा अभिमुखिकरण शिक्षा तालिम कार्यक्रम सम्पन्न भएकाे छ । कपिलवस्तुको शिवराज न.पा.३, खरेन्द्रपुर स्थित सहकारी रहेकाे भवनमा गरिएको हाे । अभिमुखिकरण शिक्षा तालिम कार्यक्रमका प्रमुख अतिथि तथा प्रशिक्षक रहनु भएका रजिस्ट्रार लेखापरीक्षक राम चन्द्र पाैडेलले कार्यक्रम समुउद्घाटन गर्नु हुँदै सहकारीको इतिहास एवम् सहकारीले सबैकाे समान हक अधिकारलाई सुनिश्चित गर्दै सामाजिक क्षेत्रमा साधारण नागरिक समक्ष सहकार्य गर्नु मुख्य धेय रहेकाे बताउँदै शेयर सदस्यहरूको प्रजातान्त्रिक नियन्त्रण देखि लिएर स्वयत्त तथा स्वतन्त्रता, सहकारीकाे अाम समुदायसँगकाे ब्यवहार लगायत सहकारी बीच पारस्परिक सम्बन्धकाेबारेमा शेयर सदस्यहरूलाई प्रकाश पार्नुभयाे ।
यसैबीच शिवराज कृषि सहकारी संस्थाका अध्यक्ष केयर सिंह अदैले कार्यक्रममा बाेल्दै सहकारी संस्था यहाँसम्म सफल बनाउनमा हामी सबै शेयर सदस्यकाे हात रहेकाे बताउँदै संस्थाले गरेकाे कार्यकाे प्रशंसा गर्दै सबैकाे सहयाेग र साथकाे अापेक्षा गर्दै हालसम्म संस्थाले गरेकाे गतिविधिकोबारेमा समेत बताउनुभयो । उक्त कार्यक्रम शिवराज कृषि सहकारी संस्थाको अध्यक्ष केयर सिङ अदैकाे अध्यक्षता, रजिस्ट्रार लेखापरीक्षक राम चन्द्र पाैडेलकाे प्रमुख अातिथ्यिता तथा प्रशिक्षण, काेषेबाली अनुसन्धान विज्ञ लक्ष्मण अार्चायकाे विशिष्ट अातिथ्यिता, साेही संस्थाको सचिव नारायण खनालकाे सञ्चालन र सदस्यहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएकाे हाे ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu