वीर अस्पतालको क्याबिन नं.२ को रोग विचित्रको !(सन्दर्भ:-रेशम चौधरी/पढेर सेयर गर्नुहोस)

Wednesday, 28 March 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
लेखक :-महेश चौधरी,,
नेपालीको सबैभन्दा ठूलो,नामि,चर्चित वीर अस्पताल ।सायद वीर अस्पतालको नाम नसुनेको कोही पनि छैन होला।दिनहुँ हजारौं मान्छेहरूको आवतजावत चलिरहन्छ।शारीरिक विभिन्न रोग बाट ग्रसित रोगी मान्छेहरू निको हुने आश बोकेर देशका विभिन्न जिल्ला बाट आउने गर्छन् ।कोही अस्पतालमै निको भएर घर जान्छन् त कोही निको हुने आशमा औषधिको कुम्लो बोकेर जान्छन्।
तर आज म यहाँ कुनै शारीरिक रोगको कुरा होइन।नियोजित रुपमा कानुनी रोग लगाइएका एक होनहार खेलाडी,कुसल सञ्चारकर्मी,कलाकार,नेता,अगुवा,नेपालमा पहिलोपटक एेतिहासिक विजय हासिल गर्ने प्रतिनिधि सभा सदस्य माननीय रेशम चौधरी को कुरा गर्दैछु।जब म वीर अस्पतालको पूर्वी गेटबाट पहिलो तलामा पुगे जे देखे जे भयो त्यो लेख्न मेरो मनले मलाई बाध्य बनायो।सबैलाई रेशम चौधरी मन नपर्नसक्छ तर मलाई लाग्छ रेशम चौधरीको आलोचना गर्नेहरूले रेशम चौधरी को हुन भनेर चिनेका छैनन्।क्याबिन नं.२ लेखिएको एउटा सानो साइनबोर्ड ढोकामा टाँगिएको थियो।ढोका भित्रबाट बन्द रहेछ मैले ढोका दुईपटक ढकढक्याय कसैले ढोका खोल्यो।मेरा आँखा सिदा बेडमा लडिरहेको बिरामीकोमा ठोकियो।कोठा भित्र पसे चारैतिरबाट हतियार सहितका ६,७ जना प्रहरीले घेरेको देख्ए।मेरो मन झसङ्ग भयो अस्पताल होइन प्रहरीको हिरासत भित्र पसे जस्तो लाग्यो वीर अस्पतालको क्याबिन नं.२।बिस्तारै बलाङ्केत बाट मुख खोल्दा म छाङ्गा बाट खसेझै भए।म आफूलाई सम्हाल्न सकेन ।म शब्द बिहिन मेरो जिन्दगीमा पहिलोपटक भए।मैले केही सोच्न सकेन ।जुन अवस्थामा मैले एक थरुहट आन्दोलनका महान योद्धालाई भेटे,त्यो देखेर त सायद ढुङ्गाको मनपनि पग्लिने थियो होला।

तर सरकार तिमी त कति निस्ठुरी एकपक्षीय रुपमा त्यो पनि काठमाडौंको पाँच तारे/नौं तारे होटलमा एसि सहितका कोठामा लाखौंका सोफामा बसेर ब्याकलेबल/रेडलेबल जस्ता महंगा विदेशी ब्रान्डका रक्सीको प्याक तान्दै समाचार लेख्ने ७,८ कक्षा फेल राष्ट्रिय पत्रकारहरूको भरमा चल्ने नेपाल सरकार, कानुन र न्यायलयलाई धिक्कार छ।हुन त राज्यको बाघदोर कौनसा पिएचडि होल्डरले सम्हालेका छन् होइन र ?तिमीहरू निच, शंकिर्ण सोच र चिन्तनले ग्रसित छौं ।यो सबैभन्दा खतरनाक रोग हो यसको उपचार बेलैमा गराइहाल सरकार,सञ्चारकर्मी,न्यायलयका खस-ब्राह्मण गुरिल्लाहरू !होइन भने थारूको लाटो रिसको फेला पर्यो भने साक्षात कालले पनि रोकेर रोकिन्न थारहरू तिमीहरू त के पो हौं र ?यो मेरो धम्की हुँदै होइन केवल सल्लाह र सुझाव मात्रै हो।किनभने हामी पनि तिमीहरूकै पार्टीका नेता कार्यकर्ता हौं ।तिमीहरूले नै हामीलाई हकअधिकारको विषयमा सचेत गराएका हौं ।आफ्नो हकअधिकार मागेर मिलेन भने खोसेर पनि लिनुपर्छ भनेर हामी सोझा थारूहरूलाई तिमीहरूले नै सिकाएका हौं। तर तिमीहरूले नै सिकाए अनुसार आज हकअधिकार माग्दा देशद्रोही ? यो कस्तो अचम्मको कुरा नेताज्यू।हिजोका नाराहरू मलाई याद छ घर कसको पोत्नेको,जग्गा कसको जोत्नेको जस्ता नारा खै आज कहाँ हराए।पहिचान सहितको संघीयता भनेको हामीलाई थाहै थिएन कमरेड ज्यू त्यो मैले तपाईंकै घोषणापत्रमा पहिलोपटक देखेको थिए।तर आज थारूहरू पहिचान माग्दैमा देशद्रोही र हत्यारा भनिदै देश निकाला गर्ने र आजीवन झ्यालखानामा राख्ने जाल बुन्ने तपाईंहरू आफैले नै यो त कत्ति सुहाउदै सुहाएन कमरेड।नेपालका थारूहरूलाई फुटाउ,लडाउ र राज गर विचारबाट कमरेड तपाईं पनि अघि बढ्नुभयो।नेपालका टाठा बाठा जति सबै थारूहरूलाई अड्डा मुद्दामा फसाएर आफूले राज गर्ने तिमीहरूको दिन अब अन्त्य हुदैछ।म त्यो हलो जोत्ने कमैया कम्लहरी बस्ने थारूको सन्तान त हुँ तर म अब त्यो थारू हुँदै होइन ।तपाईंका चिल्ला तर खोक्रा आदर्श र राष्ट्रवादका भाषण भित्र रूमलिने थारू म हुँदै होइन कमरेड ।तपाईंले नै मलाई प्रतिवाद गर्न सिकाउनु भयो।अब तपाई आफै भन्नुहोस् के तपाईं हाम्रो गुरु हामीलाई तपाईले सिकाउनु भयो प्रतिवादको पाठ अब हामी भुलिदिउ त?अह कमरेड मैले मेरा गुरुले सिकाएका कुनै कुरा पनि भुल्न सक्दैन ।त्यसैमा झन् कमरेड प्रचण्ड तपाईं लाई म आफ्नो जन्म दिने आमा बाबु भन्दा महान मान्छु।किन भने तपाईंकै देन हो यो आज एउटा गरिब किसान कमैया कम्लहरीको छोरा म तपाईं सँग प्रतिवाद गर्ने हैसियतमा पुगेको छु।
कैलाली क्षेत्र नं.१ बाट फरार रहेको बेलामा ३४३४१ हजार भारी बहुमतका साथ नेपालको इतिहासमा एेतिहासिक विजय हासिल गर्ने पहिला व्यक्ति हुन् रेशम चौधरी ।थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा सुरक्षाकर्मीले अपनाउनुपर्ने सुरक्षा संयन्त्रको कमजोरी कारण भएको दुखद घटनामा उनलाई केही मिडियाले लेखेका गलत/भ्रमित समाचारका आधारमै नियोजित रुपमा मुख्य योजनाकार भनी मुद्दा लगाइयो।स्वतन्त्र बाट चुनाव लड्ने अन्तिम तयारीमा रहेका रेशम चौधरीलाई थारू समुदायबाट आएको सल्लाह र सुझावलाई स्वीकार गर्दै केही महिना पहिले मात्रै राजपामा प्रवेश गरेका लक्ष्मण थारु को पार्टीमा प्रवेश गरे र राजपा बाट नै वारेसनामा मार्फत चुनाव लडे र देश विदेशमा प्रशंसनीय बने।चुनावमा पुत्ला बोकि हिड्ने तर चुनाव जित्ने ढुक्क रहेका ठूला राजनीतिक दललाई लज्जास्पद हार खुवाए रेशम चौधरीले ।देशमा एेतिहासिक सानदार जित हासिल गरेपछि रेशम चौधरीले शासक र सामन्तहरू जल्न थाले र विजयको प्रमाणपत्र नदिने र अझै दुख दिने चेष्टा,प्रकाष्ठा गरेरै छोड्य।चुनाव लड्न मिल्ने तर विजयको प्रमाणपत्र दिन नमिल्ने यो कस्तो कानुन ?यो कस्तो न्याय ?यो विषयमा धेरै नै टिकाटिप्पणी र घम्साघम्सी बहस र देश विदेशीमा समेत सरकारको आलोचना र प्रमाणपत्र नदिने निर्णयको विरोध भयो।तर पनि सरकार कानमा तेल हालेर रेशमको प्रमाणपत्र कब्जा गरेर सिरानी हालेर रेशम चौधरी
लाई जेल कोच्ने सपना देखि रह्यो।
रेशम चौधरी माथि जुन तिमीहरूले कानुनी रोग लगाएका छौं ।त्यसको उपचार त्यहीँ वीर अस्पतालको क्याबिन नं.२मा नै हुनुपर्छ।र त्यहाँ बाट रेशम चौधरी पूर्ण रुपमा स्वास्थ भै आफ्नो गाउँ घर टीकापुर फर्किनुपर्छ।
आखिर रेशम चौधरी अदालतलाई सम्मान गर्दै अदालतमा उपस्थिति भए।तर नश्लवादी मिडियाले आत्मसमर्पण भन्दै रक्सीको मातमा लेख्नु सम्म लेखे ।रेशम चौधरीको चरित्र हत्या गर्ने अहोरात्र लागिरहे।तर पनि उनीहरूलाई कुनै कार्वाही भएन।अझ कुकुर देखि स्याल र बिरालो देखि व्वाँसा समेत ठूलाठूला स्वरमा कराइ रहे।तैपनि कुनै थारुले स्वास फालेन्।आखिर कहाँ सम्म सहनशीलता,धैर्यता छ थारू जातिमा भन्ने कुरा यहीँबाट प्रस्त दुधका दूध पानीका पानी हुन्छ।दुई मत छदैछैन सरकार त्यो तिम्रो एकात्मक खसआर्या सामन्ती चश्मा निकालेर हेर।त्यति मात्रै नभएर रेशम चौधरीलाई न प्रमाणपत्र दिए न त संसदको सपथ नै खुवाए।तर सर्वोच्च अदालत बाट किर्तेमा दोषीठहर गरेका नवराज सिलवाललाई संसदको सपथ खुवाएर सिंहदरबार छिराए।के यो विभेद होइन र सरकार ?सिलवाल तिम्रै ड्याङका परे त रेशम तिम्रो ड्याङका नपरेर हो हेपेको होइन र सरकार ?चलउ कती चलाउछौ सरकार र कति गर्छौं विभेद लामो नाक भएका गुरिल्लाहरू !एक दिन त पालो कसो नआउला सानो नाक को त्यो दिन हिसाबकिताब पूरा गरौंला !
रेशम चौधरी माथि जसरी नियोजित रुपमा मुद्दा चलाएका हौं त्यसरी नै समाधान खोज।होइन भने यहाँ एक रेशमको ठाउँमा हजारौं लाखौं रेशम जन्मिने छन्।त्यो तिमीहरूको बसको हुनेवाला हुनेछैन।तिमीहरू थारूहरूको भिडलाई रोख्न र छेक्न सक्ने छैनौं यो तिम्रो डायरीमा टिपेर राख।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu