प्रथम कोल्हवी गोल्डकप २०७४ को उदघाटन खेलमा एफ.सि महोतरी बिजयी

Friday, 30 March 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश सहकर्मी,
अनिल प्रित चौधरी,,
बारा:=प्रथम कोल्हवी गोल्डकप २०७४ को उदघाटन खेलमा एफ.सि. महोतरी १ का बिरुद्ध ३ गोलले बिजयी सुरुवात गरेको छ ।
 उदघाटन खेलमा एफ.सी महोतरि र ए.पि.एफ पिलुवा बिच भएको खेलमा खेलको १९ औ मिनेटमा महोतरीका जर्सि नं. ९का रंजित आलेले गोल गरि आफनो टिमलाई अग्रता दिलाएको थियो । दोश्रो हापको ६ मिनेट जादाँ महोतरीकै जर्सि नं.१५का सरोज क्षेत्रीले अर्को गोल गरी खेललाई २–० मा पुर्यायो । त्सपछि १३ औ मिनेट जादाँ ए.पि.एफ का जर्सि नं. १० का मनु थापाले गोल गरी २–१ को अन्तरमा पु¥यायो । ३२ औ मिनेट नबितदै पुःन महोतरीका जर्सि नं. ५ का सबिन बिकले अर्को गोल गरी १ को बिरुद्ध ३ गोलले आफनो टिमलाई बिजई हासिल गराए ।

   
प्रथम कोल्हवी गोल्डकपमा प्रमुख अतिथी प्रतिनिधी सभा सदस्य उमाकान्त चैधरी ,विशिष्ठ अतिथीहरुमा प्रदेश सभा त्रिलोकी प्रसाद चौधरी , कोल्हवी नगर प्रमुख भरत बहादुर भण्डारी , निजगढ नगर प्रमुख सुरेश खनाल , बारा गढि गाउपालिका अध्यक्ष देवदत्त बछार , करैया माई गाउपालिका अध्यक्ष भुनेश्वर धामी , कोल्हवी नगरपालिका वडा नं. १ देखि ११ सम्मका वडा अध्यक्षहरु , कोल्हवी न.पा.प्रशासकिय अधिकृत रेशम बहादुर सिहं , श्री अनुप दिपनी माध्यमिक बि.कोल्हवीका प्रअ श्री केवल प्रसाद चौधरी, श्री ने.रा.उ.मावि सपहीका प्रअ श्री रामराज पुडासैनी, श्री मणि मा.वि . थस्कैलका प्रअ जनार्दन चौधरी, ईलाका प्रहरी कार्यलय कोल्हवीका प्रहरी नायब निरिक्षक सुरेन्द्र चौधरी , सशस्त्र बेश क्याम्प कोल्हवीका प्रहरी निरिक्षक भरत बहादुर कुवर लगाएत बिभिन्न पार्टि प्रतिनिधी,पत्रकार र बुद्धिजिविहरु,दर्शकहरुको भब्य उपस्थिती रहेका थिए ।
 उक्त कार्यक्रमा उदघाटन प्रतिनिधी सभा सदस्य उमाकान्त चैधरीले गर्नु भएको थियो भने स्वागत मन्तब्य आयोजक जन शक्ति कल्वका उपाध्यक्ष हिरालाल चौधरीले गर्नु भएको थियो ।

१६ गते.शुक्रबारको खेल आयोजक टिम र निजगढ युवा कल्व बारा बिच हुने आयोजकले बताए । फाईनल खेल २४ गते शनिवार हुनेछ भने रेष्टका दिन २३ गते महिला टिम मैत्रिपुर्ण खेल बिरगंज एकाडेमि महिला टिम र चन्द्रपुर रौटहट महिला बिच हुनेछ ।
 प्रथम हुने टिमले नगद रु. १ लाख ५० हजार सिल्ड ,मेडल र प्रमाणपत्र साथै देश्रो हुने टिमले नगद रु. ७५ हजार सिल्ड ,मेडल र प्रमाणपत्र पाउने र भोलिको पहिलो खेल ए.फ.सी महोतरी र ए.पि.एफ पिलुवा बिच हुने संयोजक त्रियोगी प्रसाद राउत थारुले बताए ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu