महिलामाथिको बलात्कार कहिले सम्म ? (पढेर बढी भन्दा बढी सेयर गर्नुहोस)

Friday, 30 March 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
ममता सत्या चौधरी,,महिला तथा बालिकाहरु स्त्रीलिङ्ग वा महिला भएकै कारणले समाजमा थुप्रै यौनजन्य हिंसा खेप्दै र भोग्दै आएको पाइन्छ । आफ्नो शरीरमाथि आफ्नो अधिकार नभई, आफ्नो शरीरमाथि अरुले बल प्रयोग गरेर जवरजस्ती हिंसाको शिकार भई ज्यान गुमाउनु परेको छ । महिलाजन्य अपराधमध्ये बलात्कारको अपराध बढ्दो छ । इन्सेक रिपोर्टअनुसार सन् २०१६ मा ७१० घटनामा २४२ महिला तथा ४६८ बालिका वलित्कृत भई बलात्कारको प्रयास ९४ पटक भएको थियो । स्न २०१७ मा आएर ७९२ घटनामा २६५ महिला तथा ५२७ बालबालिका बलात्कृत भई १२२ प्रयास भएको छ । अनुपातमा हेर्दा एक दिनमा २ जना महिला बलात्कृत हुन्छन् । महिलाको तुलनामा बालिकाहरु झन जोखिममा देखिन्छन् । महिला तथा बालिकाहरु कहि सुरक्षित देखिएनन् । घरदेखि सार्वजनिक स्थलसम्म, गाउँदेखि शहरसम्म, बस्तीदेखि जंगलसम्म, दिन होस या रात जहाँपनि जहिले पनि परिचितदेखि अपरिचतबाट असुरक्षित छन् महिला ।
घरदेखि सार्वजनिक स्थलसम्म, गाउँदेखि शहरसम्म, बस्तीदेखि जंगलसम्म, दिन होस या रात जहाँपनि जहिले पनि परिचितदेखि अपरिचतबाट असुरक्षित छन् महिला ।
साना नानीहरु दुई वर्ष संसार हेर्न र बुझ्न नपाउदै, आमाको दुध खाँदैगरेका अबोध बालिकाहरु ओठ नसुकी आफ्नै आफ्न्त र नातागोताबाट बलात्कृत भई यो सुन्दर संसार हेर्नै नपाइ कति अङ्गभङ्ग त कति मारिएका छन् । कमजोर नावालिका तथा किशोरीहरु अन्य उमेरभन्दा बढी यसको शिकार भएका छन् । प्रतिकार गर्न नसक्ने तथा दयनिय अवस्थाको फाइदा उठाई जवरजस्ती वा ललाई फकाई प्रलोभनमा पारी बलात्कार गरेको पाइन्छ । पूजा कार्की आफनै हजुरवुवा र वुवाबाट बलात्कृत हुनु, काभ्रेको ७ वषर््िाया शलिना बोगटी बलात्कार पछि हत्या गरेर उग्रतारा जङ्गलमा गाडिएको शव भेटिनु, शिक्षकबाट भएको ख्याती श्रेष्ठको घटनापछि हत्या, १२ वर्षिय बालिका देशको राजधानीको विद्ययालयको आवासगृहमा आफनै शिक्षकबाट बलात्कृत हुनु, दरवारमार्गको होटलमा आफ्नै केटा साथीको नेतृत्वमा ३ जनाको समूहबाट रातभरी सामुहिक बलात्कृत हुनु, इटहरीमा भएको सामुहिक वलात्कृतको घटना, सुर्खेतमा एसइइ दिने बालिका बलात्कार पछि मारिनु, सप्तरीमा मात्र एक महिनामा ८ बटा बलात्कारको मुद्दा दायर हुनु, यो वर्ष ३० फाल्गुनसम्म २६ बटा मुद्दा दायर भई २० जना पक्राउ परेका    छन् । ९ जना फरार छन् । १० बटा बलात्कार गर्ने उद्योगमा जाहेरी परेका छ । जसमा १५ जना पक्राउ परिसकेका छन् । यी त केही उदाहरण मात्र हो । यस्ता थुप्रै महिलाहरु तथा बालबालिकाहरुको अस्मिता र इज्जत लुटिएकोछ । कति मारिएका छन् । कति आत्महत्या गरेका छन्, कति अङ्गभङ्गसहित मानसिक रोगको शिकार भएका छन् । कतिपय समाजमा इज्जत जाने डरले अपराध लुकाएर हरेक क्षण मर्दैछन् महिलाहरु । त्यसको लेखाजोखा लिन बाँकी छ ।
हँुन त बालात्कारले महिला बलात्कार मात्र हो भन्दैन् । पुरुष पनि बलात्कृत हुनसक्छ । यो पक्कै पनि स्त्रीलिङ्गी शव्द हैन् । बलात्कार त कुनै महिला वा पुरुष अर्को महिला वा पुरुषको इच्छा वा स्वीकृति बेगर जवरजस्ती गरिने यौन क्रियाकलाप हो । अर्थात महिला वा पुरुषको इच्छा स्वीकृतिवेगर गरेको यौनक्रिया पुरुषले आफ्ना लिङ्गलाई जवरजस्ती यौनाङ्गमा पसाई वा स्त्रीले आफ्ना यौनाङ्गमा लिङ्ग जवरजस्ती तलमाथी गर्नु बलात्कार गर्नु हो । हाम्रो समाजमा यौनबारे बोल्न पनि घृणा मान्ने गरेको पाइन्छ, तर शारिरीक र मानसिक रुपमा जवरजस्ती करणी गरी महिलाहरुको भावना छियाछिया गरी बलितकृत हुन पर्दछ । नेपाली परिवेशमा पुरुष बलितकृत भएको घटना अहिलेसम्म त्यति सुनिन आएको छैन् । त्यसैले बलात्कार भन्नेवितिकै महिला तथा वालवलिकासंग जोडिएर आएको अपराधिक घटना हो ।हाल नेपालमा बलात्कार एक खतरनाक सामाजिक लैङ्गिक रोगकोरुपमा देखिएको छ ।
बलात्कारसंग सम्बन्धित तथ्यांकको इतिहासलाई केलाएर हेर्दा बल्ड डाटा एटलास सन् २००६ का अनुसार प्रत्येक एक लाख महिलामा ८ सय महिला बलात्कृत हुन्छन् । सन् २०१३ को ओरेक रिपोर्टअनुसार २१५ बलात्कार र २९९ बलात्कारको प्रयास भएको थियो । केही ग्रामिण क्षेत्रमा सन् २०१२ मा लिङ्गको आधारमा नेपाल सरकारले गरेको अध्यन अनुसार ६० प्रतिशत महिला लैंङ्गिक हिंसाकाबारेमा जानकार  छैन्न । ६१ दशमलब ३ प्रतिशत महिला हिसा भएको घटना अरुलाई भन्दैनन् । ४८ दशमलब ८ प्रतिशत महिला जीवनमा कुनै न कुनै दिन हिंसामा पर्छ । १० जनामध्ये १ जना महिलालाई मात्र विवाहित बलात्कारको बारेमा जानकारी छ । श्रीमानबाट १५ प्रतिशत महिला जवरजस्ती बलप्रयोग गरी यौन सम्बन्ध गर्छन् । २०१८ को शुरुदेखि नै प्रत्येक दुई दिनमा कमसेकम एक बलात्कारको घटना प्रशासनमा दायर भएको समाचार छ । यो डरलाग्दो तथ्यांकले हामी कतातिर जादै छौ ? प्रष्ट पारेको छ । हामी आधुनिक हुदैछौ या अपराधी ?
अधिकांश मुद्दामा बलात्कार पछि मार्ने, प्रहरीमा उजुरी नगर्न धम्की तथा दवाव, दिने घटना लुकाउने प्रवृति, कतिपय मुद्दामा प्रहरी प्रशासन नै मुद्दा मिलाउने खेलमा लिप्त देखिन्छन् ।
यो बलात्कारको रोग क्यासन्रभन्दा खतरनाक भएको छ । यसलाई रोक्नु जरुरी छ । अधिकांश मुद्दामा बलात्कार पछि मार्ने, प्रहरीमा उजुरी नगर्न धम्की तथा दवाव, दिने घटना लुकाउने प्रवृति, कतिपय मुद्दामा प्रहरी प्रशासन नै मुद्दा मिलाउने खेलमा लिप्त देखिन्छन् । थोरै मुद्दामा मात्र अपराधिले कानुन बमोजिम सजाय पाउनु र ढीलो न्याय प्रदान गर्नेे देखिन्छ । यसबाट पीडित पटक”पटक बलात्कृत हुनेगरेको    देखिन्छ । यसले फितलो कानुनी कार्यान्वयनको प्रमाण दिन्छ । सरकारले पीडकहरुलाई सजाय र पीडितलाई न्याय दिलाउनका लागि कानुन निर्माण त गरेको छ । मुलुकी ऐनको जवरजस्ती करणीको महलमा १० वर्ष मुनिका बालिकालाई करणी गरे १५ वर्षसम्म, १० देखि १५ वर्षको वीचमा ८ देखि १२ वर्षसम्म, १५ देखि १६ वर्षकोमा ६ देखि १० वर्ष सम्म, १६ देखि २० वर्षकोमा ५ देखि ८ वर्षसम्म, २० वर्षभन्दा माथिकोलाई करणी गरे ५ देखि ७ वर्षसम्म कैदको व्यवस्था गरिएको छ । श्रीमानले श्रीमतिलाई जवरजस्ती करणी गरे ३ देखि ५ वर्षसम्म कैद र जरीवानाको व्यवस्था गरेको छ । गर्भवती, अपाङ्ग लगायतका संवेदनशिल अवस्थामा थप १ वर्ष सजायको व्यवस्था गरेको छ । एचआइभी सार्ने मनसाय भए थपा १ वर्ष र हाडनातामा पर्नेमा गरे थप सजायको व्यवस्था गरेको छ । मुद्दाको हदम्याद लामो हुनाले पनि प्रमाण नष्ट भएपछि न्याय पाउन गाह्रो हुने र अपराधि सजायबाट जोगिने गरेकोछ ।
कानुनी कार्यान्यन पक्ष फितलो देखिन्छ । पटक पटक अधिकारकर्मी र पीडितले कडा सजाय फाँसी वा आजिवन मृत्युदण्डको माग गर्दै सडक र सदनमा आवाज उठाएका छन् । तर ती मागहरु सहजरुपमा आउन सकेका छैन । जव सम्मा कडा सजाय, डर त्रास हुदैन तवसम्म यो घटना बढी रहन्छ । कतिपय प्रथाकाकारण यस्ता अपराधहरु सहन विवश भएका छन् । छाउपडी, कमैया, देउकी, बादी प्रथाजस्ता कुसंस्कारका आडमा ठूलाबडा भनाउँदाहरु कयौं महिलाहरुलाई यौनशोषण गरी विनाअपराधवोध इज्जतका् जिवन विताउँदै छन् । महिला तथा बालबालिका बेचविखन पनि यौन व्यवसायकै लागि बढी देखिन्छ जहाँ महिलाहरु प्रत्येक क्षण बलात्कृत हुनुपर्दछ । कयौ महिला दिदिबहिनीहरु बैदेशिक रोजगारमा गएकोबेला पटक पटक बलात्कृत भएर घर आउनेबेला बच्चा बोकी आउन विवश छन् । जहाँ न्याय पाउने सम्भावना न्यून छ, नेपाल सरकारको कानुनको क्षेत्राधिकार पुग्दैन्, । आफ्नै देशमा न्याय पाउन गार्हो छ त्यहाँ अर्काको देशमा झन गाह्रो छ । हुनत यस्ता मुद्दामा व्यक्तिगत अन्तर्राष्ट्रिय कानुन आकर्षण हुन्छ तर न्यायालयसम्मको पहँुच सजिलो हुदैन् ।
बलात्कार महाअपराध हो । यो विभिन्न कारणले हुनेगरेको पाइएको छ । आर्थिककारणले धनीहरु गरिव महिला तथा बालबालिकाहरुलाई बलात्कार गरेर पैसामा मिलाउने, सामाजिकरुपमा कतिपय अवस्थामा बदनामी र दवावमा पञ्च भलादमीले गाउँमै मुद्दा मिलाउने,
बलात्कार कहिले सम्म ? यसलाई समाजमा नराम्रो दृष्टिले हेर्ने गरिन्छ । केटीको चालचलन ठीक थिएन् । त्यही भएर भयो भनेर भन्ने पनि छन् । तर को, कहाँ, यस अपराधको शिकार बन्न सक्छ थाहाँ छैन् । यस विषयमा प्रत्येक व्यक्ति जानकार हुनु जरुरी छ । प्रत्येक व्यक्तिलाई आफ्नो शरीरमाथि अधिकार हुनु पर्दछ । आफनो अधिकार सदुपयोग गर्दा अर्काको अधिकार हनन् गर्नुहुन्न । त्यसैले बलात्कार कहिलेसम्म भन्न सकिन्न । बलात्कार महाअपराध हो । यो विभिन्न कारणले हुनेगरेको पाइएको छ । आर्थिककारणले धनीहरु गरिव महिला तथा बालबालिकाहरुलाई बलात्कार गरेर पैसामा मिलाउने, सामाजिकरुपमा कतिपय अवस्थामा बदनामी र दवावमा पञ्च भलादमीले गाउँमै मुद्दा मिलाउने, राजनैतिक दवाव र पिडकको संरक्षणको संस्कार, फितलो कानुनी कार्यान्वयन, पुलिस प्रशासनद्वारा फितलो अनुसन्धान, मिलापत्रमा सहयोग, आधुनिक उपकरणको चरम दुरुपयोग मोवाइल तथा इन्टरनेटमा अश्लिल तस्वीर तथा निलो फिल्महरु सरलरुपमा उपलव्ध हुनु ।
नैतिक शिक्षाको कमि आदिकारणले बलात्कार बढ्दो छ । महिलाको अस्मिता नै नष्ट हुनेगरी क्षणिक आवेगमा आएर केही पुरुषहरु महाअपराधी बनेका छन् । यो व्यक्तिगत समस्या नभएर समाजकै दीर्घ र जटिल रोगकोरुपमा आएको हुँदा यसलाई निर्मुल पार्न जरुरी छ । मानव सर्वश्रेष्ठ प्राणी हो । नेपालीहरुले दिने अर्ती उपदेशमा थुतुनो र मुतुनो सम्हालेर राख्न सक्नु नै असल मानव हो । आफना आवेग र तिव्र चाहनामा नियन्त्रण गर्न सक्यो भने यौनजन्य हिंसाका अपराधहरु कमी आउन सक्छ । यो विषयमा सबैले सोच्न पर्ने आजको आवश्यकता  छ । समाजका प्रत्येक व्यक्तिले जिम्मेवार भएर महिलाहरुप्रति सम्मान, सदभावको नजरले हेर्नु पर्दछ । स्वयम मनुस्मृतिमा मनुले भनेका छन् जहाँ नारीको पुजा हुन्छ त्यहाँ देवताको वास हुन्छ । नारीे तथा देवीहरुको मुत्र्तिपुजा हैन् । हिंसा, हत्या, शोषण, दमन, उत्पीडन, उपेक्षा गरेर हामी सभ्य हैन झन झन जङ्गली हुदैछौ । च्छाविरुद्ध कसैले नछोओस्, कसैले जवरजस्ती, डर, धाकधम्की साथ लौङ्गिक शोषणमा पर्न नपरोस । महिलाहरु खुल्ला आकाशमा ताजा हावाकासाथ मुस्कुराउदै हिम्मतकासाथ बढ््न, हुर्कन र बाँच्न पाउन् ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu