सांसदहरुको सपथ ग्रहण संगै ओली सरकार विवादमा किन ?(पढेर सेयर गर्नुहोस्)

Monday, 5 March 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

आर एन चौधरी थारु/सम्पादकीय,,
नेपालमा जनआन्दोलन आए पछिको प्रदेश सभा र प्रतिनिधि सभामा निर्वाचित सांसदहरुको हिजो आइतबार मात्रै पहिलो सपथ ग्रहण कार्यक्रम संसद भवनमा सम्पन्न भएको हो।
सपथ ग्रहण संगै केपि शर्मा ओलीको बाम गठबन्धन सरकार विवादित बनेका छ्न।
प्रतिनिधि सभाको निर्वाचनमा कैलाली क्षेत्र न.१ बाट भारी मतले विजयी राजपाको तर्फबाट सांसद रेशम चौधरी र अर्का एमाले सांसद नबराज सिलवाल बिच नेपाल सरकारले चालेको विभेदपुर्ण कदमले ओली सरकारको अहिले चारै तिर तीब्र आलोचना भैइरहेको छ।केही दिन अगाडि मात्रै न्याय पाउनको लागी अदालत सामु आत्मसमर्पण गरेका सांसद रेशम चौधरी भने अदालतको आदेशमा पुर्व पक्षको लागी थुनामा छन्।चौधरीमाथि बिना प्रमाणको कैलाली जिल्ला अदालत ,प्रशासनले पावरको आडमा फौजदारी अभियोग लगाइएको छ ।आइतबार सपथ ग्रहण कार्यक्रममा समेत जान दिएनन ठुला भनाउदाहरुले ,सरकारको यो कदमको बिरोधमा टिकापुर घटनाको अभियोग लगाइएको आरोपमा थुनामा रहेका २५ जना कौदी बन्दीहरुले जेल भित्रै तीन बुन्दे माग सहित आमरण अनशन आइतबार बाटै सुरु गरेका छ्न।

जबर्जस्ति मुद्दा लगाइएका चौधरीलाई थुनामा राखिए पनि सिलवाललाई पक्राउ नगरिएको भन्दै सरकारको तीब्र आलोचना हुँदै आएको छ।
पूर्वडिआईजी सिलवालमाथि आईजीपी बढुवाका बेला कार्यसम्पादन मूल्याङ्कन कीर्ते गरेको आरोप लागेको छ ।प्रहरी प्रधान कार्यालयले सिलवाललाई पक्राउ गर्न देशै भरी पत्राचार समेत गरेको थियो ,त्यति मात्र नभएर इन्टरपोलमा समेत सूचना दिइएको थियो कि सिलवाल भेटिने बितिक्कै समात्नु भनेर तर यहाँ नीर ‘ठुलालाई चैन, सानालाई ऐन’ शब्दावलीको अर्थ लागु भएको छ।

      (ओली सरकार विवादित बन्नुको कारण)

अपराधि मानिएको प्रहरीको खोजी सुचिमा रहेको नबराज सिलवाल आज ओली नेतृत्वको बाम गठबन्धन र एमालेको आडमा संसद भवन भित्र छिर्यो । पुलिसले खोजिरहेको फरार अभियुक्त ओलीकै आडमा एमाले नेता माधव नेपालको गाडिमा चढेर संसद भवन भित्र छिर्नु नेपाली जनताको लागि दुर्भाग्य हो, किनकि किर्ते दलालहरु पनि देश र जनताका दुश्मन हुन् ।

सर्बोच्च अदालतले दोषी ठहर गरेका सिलवाल जस्ता किर्ते दलालहरु तपाइको पार्टीको आडमा संसद भवनमा दिउसै परबेश गरे किन ? के प्रधानमन्त्री हु भन्दैमा एमालेको सरकार छ्न भन्दैमा यसरि देशको कानुनको धज्जी उडाउन पाइन्छ ?पदको दुरुपयोग गर्न पाउछ ?

(प्रधानमन्त्री ओलि नेतृत्व सरकारले ‘ठुलालाई चैन, सानालाई ऐन’को विभेदपूर्ण कानुन किन लाददै छन ?)

उसो त कानुन माथिको यो ‘विभेद’ भन्ने शब्द देशको संबिधानबाट खारेज भैसकेको छ । तर प्रधानमन्त्री ओली ज्युको दिमाखबाट अझै खारेज नभएको देख्दा म जस्ता उहाँ प्रति आशा राख्ने युवाका मनहरु अहिले भड्किएका छन।देशको सुरक्षाकर्मी प्रहरीले भट्टेडाँडामा दिनरात नभनी खोजिरहेका फरार अभियुक्त नबराज सिलवाललाई तपाईले नै संसदभवन भित्र सुटुक्क छिराउनु अचम्म भएन र ?
के त्यो संसद भवन अपराधीहरु लुकाउने घर हो ? कानुनको सुन्दर मर्यादा बोकेको घर भित्र अपराधिक बिल्ला भिरेका नवराज सिलवाल किन घुस्यो आज ?
प्रधानमन्त्री पदले देशको कानुनको धज्जी उडाउन कदापि मिल्दैन । यो देशको सर्बोच्च अदालतले दोषी ठहरगरि पक्राउ वारेन्ट जारिगरेका नबराज सिलवाल केपी ओली नेतृत्वको सरकारले संसद भवन भित्र छिराएर किन संरक्षण गर्यो ? यो अत्यन्त गम्भीर बिषय हो ।

भलै तपाईको राजनीतिक आस्था एमाले हो तर यतिबेला तपाई देशको प्रधानमन्त्री हो । नवराज सिलवालहरु अपराधिक कार्यबाट बच्न एमालेको रङ्गधारण गरेकै आधारमा संरक्षित हुन पाउने सिद्धान्त मदन भण्डारीको जबजमा कहाँ उल्लेख भएको छ ओली ज्यु ?यो देशको सिंगो पुलिस प्रशासन फरार अपराधि सिलवाल खोज्न बिभिन्न हत्कण्डा प्रयोग गर्यो तर केपी ओलीको आडमा अपराधी नबराज सिलवालले राज्यको प्रशासनिक संयन्त्रलाई चक्मा देखाएर संसद भवन भित्र पस्यो ।
बहादुर सिपाही कै कारण बिश्व शान्ति सेनामा पहिलो स्थान पाउने जासुसी नेपाली सिपाहीहरु जाबो एउटा सिलवाललाई समात्न कसरि चुके ? कारण प्रष्ट छ केपी ओली एमालेको अध्यक्ष भएर देशको प्रधानमन्त्री हुँदा बिर गोर्खाली फौजले आज फेल खाएको हो ।
प्रधानमन्त्रीको यस्तो अपराधी बचाउ कार्य जनघाती कार्य हो, यो सरासर ठुलालाई चैन, सानालाई ऐनको पराकाष्ठा हो भन्ने शब्दावलीको अर्थ प्रष्ट भएको छ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu