धनगढी:=केलाली क्षेत्र नम्बर १ बाट राष्ट्रिय जनता पार्टीबाट संघीय प्रतिनिधि सभामा निर्वाचित भएका सांसद रेशम चौधरीले अनशन तोडेका छन् । उनलाई शुक्रवार गृहमन्त्री रामबहादुर थापा बादलले वीर अस्पतालमा जुस खुवाएर अनशन तोडाएका हुन्।
गृहमन्त्री थापाले उनीमाथी लागेको मुद्धाका बारेमा राजनीतिक हल खोज्ने आश्वासन दिएपछि चौधरीले अनशन तोडेका हुन्। अनशन तोड्दै चौधरीले सो घटनामा आफू निर्दोष रहेको र आफूलाई फसाउन खोजिएको अनशन तोड्ने क्रममा बताएका थिए।
उनले टिकापुर घटनाका बेलामा बर्दिया रहेको र आफ्नो कल डिटेल हेरेर अनुसन्धान गर्न माग गरेको गृहमन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए। उनले टिकापुर घटनाको नयाँ शिराबाट अनुसन्धान गरिनुपर्ने बताएका छन्।
गृहमन्त्री थापाले चौधरीको स्वास्थ्य ठीक भएपछि सपथ ग्रहण र प्रमाणपत्रको ब्यवस्था गर्ने आश्वासन दिएको राजपाका एक नेताले जानकारी दिए ।
टिकापुर घटनाका मुख्य अभियूक्त चौधरीले जिल्ला कारगारमा १८ दिनदेखी आमरण अनशन बसेका थिए। अनशनपछि स्वास्थ्यमा समस्या आएपछि उनलाई सेती अञ्चल अस्पतालले त्यहाँ उपचार गर्न नसक्ने भन्दै काठमाडौं ‘रिफर’ गरेको थियो।



