रामकुमारी चौधरी कृषि राज्यमन्त्रीमा नियुक्त, रामधुनी नगरमा दीपावली

Saturday, 17 March 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
सुनिल चौधरी,,
झुम्का:= 
कृषि राज्यमन्त्रिमा रामकुमारी चौधरी नियुक्तहुदा रामधुनी नगरमा माओवादि केन्द्र नगरकमिटिले दिपावली गरेको छ । चौधरी ओली नेतृत्वको सरकारमा एकजनामात्र थारु मन्त्री हुनुभएको हो ।रामधुनी नगरबाटै पहिलो पटक मन्त्रि बनेको अवसरमा खुसियाली मनाउदै शुक्रवार साँझ झुम्का बजारमा दिपावली गरेको माओवादी केन्द्र वडा नं १ का अध्यक्ष शुरेस चौधरीले बताउनुभयो ।
रामकुमारी चौधरी वामगठबन्धनबाट प्रतिनिधि सभा चुनावमा समानुपातिक तर्फबाट उमेदवार रहनु भएको थियो । चौधरी रामधुनी वडा नं. ८ का स्थानिय वासिन्दा हुनुहुन्छ । प्रतिनिधि सभामा सुनसरी क्षेत्र नं. २ बाट उमेदवार रहनु भएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार तेस्रो पल्ट मन्त्री परिषद विस्तार गर्नुभयो । फागुन ३ गते तीन सदस्यीय मन्त्री परिषद बनाउनुभएका ओलीले १४ गते दोस्रो पटक सरकार विस्तार गर्नुभएको थियो । तर उहाँको नेतृत्वको सरकारमा कोही पनि थारु फूलमन्त्री बन्नु भएन ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu