थारु समाज मलेसियाको बैठक १५ तारिख बस्ने/पेनाङमा पनि क्षेत्रीय कमिटी गठन हुँदै (सेयर गर्नुहोस्)

Monday, 2 April 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश ड्टकम,,
मलेसिया:=प्रवासी थारु सेवा समाज मलेसियाको नियमित बैठक तथा बृहत् छलफल कार्यक्रम हुने भएका छ्न। "थरुहट थारुवान बिकासको निम्ति " "थरुहट पहिचानको निम्ति " "थारु युवाहरु बिच एकताको निम्ति " भन्ने मुल नाराको साथ मलेसियामा स्थापना गरिएको थारुहरुको एक मात्र जातीय पहिचान बोकेको संस्था प्रवासी थारु सेवा समाज मलेसिया केन्द्रको बैठक यहि अप्रिल १५ तारिख आइतबारको दिन मलेसियाको राजधानी क्वालालम्पुर स्थित गोर्खा रेष्टुरेन्टको प्राङ्गणमा बस्ने थारु समाजका केन्द्रिय महासचिव सरोज चौधरीले जानकारी गराउनु भयो।

त्यसै गरि थारु समाज मलेसिया क्षेत्रीय कमिटी जोहोरबारुको बैठक पनि सोही मितिमा बस्ने जानकारी प्राप्त भएका छ्न।जोहोर
कमिटीका अध्यक्ष दिनेश चौधरीले जानकारी गराए अनुसार यहि अप्रिल १५ तारिख आइतबारकै दिन जोहोरबारुमा पर्ने सेनाइ स्थित धौलागिरी रेष्टुरेन्टको प्राङ्गणमा बैठक बस्ने भन्नु भयो।

साथै प्रवासी थारु सेवा समाज मलेसियाको तेस्रो क्षेत्रीय कमिटी पनि गठन हुने भएका छ्न।मलेसियाको तेस्रो ठूलो प्रान्त पेनाङमा पनि प्रवासी थारु सेवा समाज मलेसियाको क्षेत्रीय कमिटी गठन गर्ने त्यारी लगभग पूरा भैइसकेको समाजका संस्थापक/संरक्षक आर एन चौधरी थारुले जानकारी गराउनु भयो।थारुको भनाइ अनुसार मलेसियामा रोजगारीको शिलशिलामा छरिएर बसि राख्नु भएका थारु युवा ,युवती ,बुद्धिजीवीहरु लाई एकताको क्षुत्रमा बाध्नको निम्ति,एकजुट गर्नको निम्ति र यहाँ विभिन्न कारणबस पीडित अवस्थामा रहेका,जेलमा परेका थारुहरुको उद्दारको निम्ति सहयोग गर्नको निम्ति यो संस्था खोलिएको हो र त्यति मात्र नभैइ थारु समाज मलेसियामाले नेपालमा पनि थारु र थारु समुदायलाई सक्ने जति सहयोग गर्दै आइरहेको ज्वलन्त उदाहरण थुप्रै छन र आगामी दिनमा पनि यहाँ रहेका पिडित थारु लगायत नेपालीहरु लाई उद्दार कार्यमा हरदम सघाउने सकेको सहयोग गर्दै जाने भन्नू भयो त्यसैले अब पेनाङमा बस्ने थारुहरुलाई पनि थारु समाजमा आबद्ध हुन हार्दिक अनुरोध समेत गर्नु भयो।
यस् प्रवासी थारु सेवा समाज मलेसियामा आबद्ध हुन तलको निम्न ब्यक्ती र मोबाईल नम्बरहरुमा सम्पर्क गर्न सक्नु हुनेछ । क्वालालम्पुर :-+60109427402 (आर एन चौधरी थारु ) पेनाङ :-+60143278062 (परशुराम चौधरी ) जोहोरबारु :-+60184019039 (दिपेन्द्र चौधरी )
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu