गायक तथा संगीतकार मनिपाल राइ को शब्द संगीत मा रहेको चन्चले नानी गायक अमर राईले आवाज भरेका हुन । म्युजिक भिडियो मा अहिलेका चर्चित हास्य कलाकार विलसन बिक्रम राई (तक्मे बुढा) र नायिका सिल्पा पोख्रेल लाई चन्चले नानि को अभिनय मा देख्न सकिन्छ । उक्त म्युजिक भिडियो निकेश खड्काको निर्देशन, उत्तम हमागाईले छायाँकन , राजिव समर नृत्य निर्देशन, बिकास धमला सम्पादन र सृष्टी थापा मगर फिचरिङ रहेको छ ।
उनि एतिबेला इमोर्ट्रल २ एल्बम को तयारीमा रहेका र संगीत क्षेत्रमा प्रबास बाट नै थुप्रै संगीतिक कार्यक्रम हरु मा उत्कृष्ट प्रतिभा पस्कदै आएका र संगीत कर्मी र दर्शक स्रोता को मन मा छाइसकेका राई पछिल्लो समय नेपाल का थुप्रै स्थानीय स्टेज हरु मा समेत देख्न सकिन्छ राइ को बाकी संगीतिक भबिस्य भने उन्को मेहनत संगीत प्रति को झुकाव दर्सक स्रोता को माया ले निर्धारण गर्ने भएको ले आफ्नो मेहनत मा सबै को साथ पाउने आसा लिएको ऊनी बताउँछन ।
गायक अमर राईको चन्चले नानी बोलको म्युजिक भिडियो सार्वजनिक
Monday, 2 April 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस
Posted By :- Admin {Hamar Sanesh}
तिलोचन गौतम,,
क्वालालम्पुर मलेसिया :=सुन्दर भबिस्य को कल्पना गर्दै उच्च शिक्षा को लागि आफुमा निहित क्षेमता लाई अझै ससक्त अनि चुस्त अनि दुरुस्त बनाउने सङ्कल्प लिएर बिगत ६ बर्स लामो समय देखि ग्राफिक डिजाइन का विद्यार्थी बनेर मलेसियामा रहदै गर्दा संगीत क्षेत्रमा पनि केही गर्ने उदेश्य लिएका राइ मलेसिया बाटै आधा दर्जनभन्दा माथी गितहरु रेकर्डिङ गराइसकेका अमर राइ अहिले स्वदेश फर्किएसंगै नेपाली संगीत क्षेत्र मा थप केही गर्ने सोचाइ का साथ आफ्नो संगीतिक यात्रा निरन्तरता दिदै अगाडी बढाइरहेका छन। राइ का गितहरु मा कतै माया प्रेम सद्भाव का त कतै बिछोड्का दर्दानक पिडा ले भरिभराउ भएका र समय सापेक्ष दर्सक स्रोता को माग अनुसार केहि रमाइला प्रस्तुति लाइ समेत बजारमा ल्याइसकेका राइ स्वदेश फर्किए लगत्तै इमोर्टल एल्बम मा रहेकोे चन्चले नानी बोल को गित को म्युजिक भिडियो बजारमा ल्याएका छन ।