टिकापुर घटना पीडित परिवारकाे माग पूरा गर्न चेतावनी/घट्नाको बारेमा सरकार भाग्न खोज्दै

Sunday, 8 April 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
काठमाडौ:= टिकापुर घट्ना राजबन्दी पीडित परिवार संघले उक्त घट्नामा संलग्न भएको आरोपमा थुनिएका २ नाबालकसहित २६ जनालाई तत्काल रिहाई गर्न माँग गरेको छ ।रिपोर्टर्स क्लब नेपालमा उक्त संघले पत्रकार सम्मेलन गरेर यस्तो माँग गरेको हो । नेपाल आदिवासी जनजाति महासंघ कञ्चनपुरकी अध्यक्ष प्रेमवती रानाले कैलाली घट्नाको बारेमा सरकार बेखबर बनेको टिप्पणी गरेकी छिन्।
उनले भनिन्,‘हामी चैत १७ गते राजधानीमा पुग्यौं, हामीले १८ गते नै प्रधानमन्त्रीसँग समय लिने भनेका थियौँ तर प्रधानमन्त्रीको समय नभएर हामी १९ गते बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारको गेटमा पग्यौँ, अचानक समय नभएको भनेर फोन आयो, यसरी कैलाली घट्नाको बारेमा सरकार भाग्न खोज्दैछ, यस्तो नालायकीपनाले पीडितको उचित व्यवस्था हुनसक्दैन, हाम्रा घर जलेका छन्, सम्पति जलाईएको छ, हत्या आरोपमा निर्दोष मानिसलाई जेलमा हाल्ने काम भएको छ, यो हामीलाई स्विकार्य छैन् ।’उनले अघि थपिन्,‘मैले कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि समय माँगे, उहाँले पनि समय दिनुभएन, माओवादी केन्द्रका अध्यक्षसँग पनि समय माग्याँै उहाँलेपनि समय दिन्छु भन्नुभयो तर दिनुभएन, जेलमा बालक पछि छन्, कति यूवाहरु विस्थापित भएका छन्, यस्तो स्थितिमा पनि सरकारले अध्ययन प्रतिवेदन सार्वजनिक गर्दैनन्, बिना कारण हत्यामा संलग्न भएको भन्दै जेलमा कोचेको छ।’
त्यस्तै पीडित परिवार संघका संयोजक धनकुमार चौधरीले कैलाली घट्नाको बारेमा तयार पारिएको अध्ययन प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसमक्ष आग्रह गरेका छन् ।सरकारले कैलाली घट्नाको बारेमा आधिकारिक धारणा सार्वजनिक गर्न नसक्नु दुःखद् भएको बताए । उनले भने,“हाम्रो माग सत्यतथ्य बाहिर ल्याउनुपर्छ भन्ने हो, उक्त घट्नाको दिन लक्ष्मण कपिलवस्तुमा हुनुहुन्थ्यो, लाहुराम चौधरी धनगढि थिए, रेशम चौधरी बर्दिया थिए, यस्ता धेरै उदाहरण छन्, उनीहरु कोहीपनि दोषी छैनन्, दोषी हुने कुनै आधार छैन् ।’उनले अघि थपे,‘२०७२ भदौ ७ गतेको घट्नाका बारेमा सबैले आवाज उठाउँछन्, तर भदौ ८ गतेको बारेमा कोही बोल्दैनन्, ८ गते कफ्र्यु लागेको थियो, प्रहरीकै आडमा छानीछानी थारुहरुका घरमा आगो लगाईयो, लुटपाट गरियो, सम्पति जफत गरियो, थारु चेलीबेटी र श्रीमतिहरुमाथि बद्नियतपूर्ण तरिका अपनाईयो, यस्तो स्थितिमा पनि मानव अधिकारवादीहरु बोलेनन्, आजको दिनसम्म पनि बोलेका छैनन् ।’
कैलाली घट्ना राजनीतिक भएको भन्दै पीडित परिवार संघले कैलाली क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सांसद रेशमलाल चौधरीलाई प्रमाणपत्र प्रदान गर्नुपर्ने, कैलाली घट्नाका आरोपित तथा झूठा मुद्दा फिर्ता गरि क्षतिपूर्ति प्रदान गर्नुपर्ने, ८ भदौ २०७२ को दिन तोडफोड र जलाईएका सम्पतिको क्षतिपुर्ति प्रदान गर्नुपर्ने लगायतका माँगहरु अघि सारेको छ । आफ्ना मागहरु पूरा नभए कडा आन्दोलन गर्ने पीडित परिवार संघले चेतावनी दिएको छ । -रिपाेटर्स नेपाल
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu