कठाेरतामा जीवन न लुकेकाे कहाँ छ र !

Sunday, 8 April 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
गजल,,
कठाेरतामा जीवन न लुकेकाे कहाँ छ र !
फलेकाे बाेटमा हाँगाे न नुगेकाे कहाँ छ र !
गल्ति गर्नु स्वाभाविकै हाे स्वीकार्नु उचित !
भुल भए अफैले शिर न झुकेको कहाँ छ र !
किसानका सन्तान खेतबारीमा जुत्नु पर्ने !
बारीमा काम गर्दागर्दै न सुकेकाे कहाँ छ र !
बुद्ध जन्मिएको देशमा शान्तिकाे अनिकाल !
बलत्कार गरेर कुकुर न भुकेकाे कहाँ छ र !
अाफ्नै चेलीमाथि दुरब्यवहार अाक्रमण गर्ने !
दुष्ट मानव माेजमस्तीमा न बसेकाे कहाँ छ र !
लाग्दैन उसलाई कानुन सम्पत्तिवाला न हाे !
नेपालकाे कानुन दैवाले न जानेकाे कहाँ छ र !
       राम अवतार अन्जान
शिवराज न.पा.३, कपिलवस्तु 
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu