आदिवासी जनजाती महासंघ मलेसियाको झण्डा र ब्यानर दाबुटी शेर्पाले सगरमाथाको चुचुरोमा फहराउने

Thursday, 5 April 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
आर एन चौधरी थारु,,
मलेसिया:=बिश्वको सर्बोच्च शिखर नेपालमा रहेको सगरमाथा आरोहणको तयारीमा रहेकी दाबुटी शेर्पाको लागी नेपाल आदिवासी जनजाती महासंघ मलेसियाले सहयोग स्वरुप आर्थिक सहयोग गर्ने भएका छ्न ।
महासंघ मलेसियाका अध्यक्ष पिटि शेर्पा पिनासाले जानकारी गराए अनुसार यहि २०१८ मा सगरमाथा आरोहण गर्ने तयारीमा रहेकी दाबुटीले नेपालको कफीलाई बिश्वको सबै भन्दा उत्तम कफी भनेर चिनाउने उदेश्य सहित आरोहण गर्न लागेकी हुन।

नेपालको कफीको व्यापार विस्वका विभिन्न मुलुकमा हुने गरे ता पनि नेपालमा भने यसलाई प्रयोगमा ल्याउन सकेको छैन । नेपाली बजारमा अन्य देशका कफी सरह नेपालको कफीलाई स्थान दिनु पर्ने उनको भनाई छ । नेपाली कफीले अन्तराष्ट्रिय स्तरमा स्थान पाएको भए पनि नेपालमा यसलाई राम्रो प्रयोगमा ल्याउन सकिरहेको छैन ।सगरमाथा आरोहण बाट नेपाली कफीलाई नेपाली बजार र बिश्वमा चिनाउने लक्ष्य शेर्पाले राखेकी छन । नेपालमै कफी खेतीलाई व्यावस्थित तरिकाले उत्पादन गर्न सके स्वदेसमै कयौँ युवाले रोजगारी पाउने दाबुटी बताउछिन ।

शेर्पा सञ्चार समुह नेपालको सदस्य तथा समाजसेवाको क्षेत्रमा समेत कार्यरत रहेकी दाबुटी शेर्पाले नेपाल आदिवासी जनजाती महासंघ मलेसियाको लोगो अङ्गित ब्यानर समेत सगरमाथाको चुचुरोमा फहराउने योजना बनाएको महासंघका अध्यक्ष पिटि शेर्पा पिनासाले बताउनु भ्यो ।
उहाँको भनाइ अनुसार मलेसियामा रोजगारीको शिलसिलामा रहेका नेपाली पीडित श्रमिकहरुको लागी महासंघ मलेसिया अहोरात्र खटेर पनि उद्दार कार्य गरि रहेको र आगामी दिनमा पनि यसै गरि उद्दार कार्य जारी राख्ने छ्न ,इतिहासमै पहिलो चोटि जनजाती महासंघ मलेसियाको झण्डा र ब्यानर सगरमाथाको चुचुरोमा फहराउन सफल भए यो महासंघ मलेसियाको लागी एतिहासिक सफलता हासिल हुनेछन ।

 
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu