पहिचानको मुद्धा शसक्तकालागी थारु कानुन ब्यवसायीहरुको राष्ट्रिय भेला नवलपरासिमा हुदै

Saturday, 28 April 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
सुनिल चौधरी,,
झुम्का;= थारु समुदायलाई कानुन ब्यवसायी पेशामा प्रोत्साहन गर्दै पहिचानको मुद्धा शसक्त बनाउन थारु कानुन ब्यवसायीहरुको नवलपरासीको डण्डा स्थित बाघखोर आमलटारी थारु होमस्टेमा आउदो बैशाख १७ गतेबाट राष्ट्रि भेला हुदै छ । थारु कानुन ब्यवसायीहरुको छाता संगठनको रुपमा रहेको थारु कानुन ब्यसायी सभा केन्द्रियको आयोजनामा दुई दिन १७ र १८ गते थारुको माग मुद्धामा बृहत छलफलहुने अयोजकले जानकारी दिएको छ ।
थारु समुदाय नेपालको तराई भु –भागमा बस्ने सबभन्दा पुरानो जाति समुदायको अधिकार ओझेलमा परिरहेकाले यसलाई उठान गर्दै सबै सामु छर्लङ्ग पार्न राष्ट्रिय सम्मेलन गर्न लागेको केन्द्रिय अध्यक्ष रामराज चौधरीले बताए । थारु कानुन ब्यसायीहरु संगठितहुदै कानुनी पेशामा थारुहरुलाई अग्रसरता गराउने,कानुनी साक्षरताको कार्यक्रम सञ्चालनमा सहयोग,संबिधानमा भएको ब्यवस्था थारु कानुन ब्यसायी मार्फत सर्वसाधारणलाई जानकारी गराउने,थारु आन्दोलनमा झुठामुद्धा लगाई राजबन्दि भएकाहरुलाई रिहाइको बिषयमा सरकारसंग पहल गर्ने,भाषा,संस्कृति,अधिकार,पहिचानको संरक्षण सम्बद्र्धन गरी बनेको थारु आयोगलाई अधिकार सम्पन्न बनाई काम कर्तब्य,अधिकार तोक्ने बिषयमा छलफल गरिने केन्द्रिय अध्यक्ष चौधरीले बताए । समानुपातिक सिद्धान्त अनुसार थारुहरुलाई छुट्टै आरक्षणको ब्यसस्था गर्ने र हरेक तह तप्कामा समावेसि गराउने मुद्धामा शान्ति मोदिको संयोजत्वमा दायर गरेको रिटमा अदालतले २०७३ कार्तिक १५ गते गरेको साकारात्मक फैसलालाई कार्यान्यन गर्नमा जोड रहने अध्यक्षले बताए ।
त्यसैगरी सो राष्ट्रियभेलामा देशभरीबाट दुई सयजना थारु कानुन ब्यवसायीहरुको उपस्थिती रहने आयोजकले अनुमान गरीएको छ । कार्यक्रमबाट बरिष्ठ अधिवक्ता तथा जेष्ठ अधिवक्तालई सम्मान गरीने आयोजकले बताएको छ । कार्यक्रमलाई सभ्य भब्य रुपमा सफल बनाई दिनहुनकालागी आयोजकले सम्पुर्णमा सहभागीकलागी निमन्त्रणा गरीएको समेत अयोजकले जानकारी दिएको छ ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu