हमार सनेश सहकर्मी,
राम अवतार चाैधरी,,
चन्द्राैटा(कपिलवस्तु):=बाल संसार शैक्षिक प्रतिष्ठान मन्टेश्वरीकाे बार्षिक परीक्षाफल प्रकाशन कार्यक्रम सम्पन्न भएकाे छ । शिवराज नगरपालिका वडा नम्बर-५, शान्ति टाेल बगैंचा स्थित मन्टेश्वरीकाे प्राङ्गणमा भएकाे हाे ।प्रमुख अतिथि एवम् शिवराज नगरपालिका वडा नम्बर-५ की महिला तथा दलित वडा सदस्य रहनुभएकी खगी सुनारले कार्यक्रममा बाेल्नु हुदैँ निजी तथा नाफा कमाउनकाे लागि खाेलिएका विद्यालयहरू अधिकांश राम्राे नतिजाकै पछि दाैडि्रहेका हुन्छन् तर हामी देखिरहेका छाैँ, यस मन्टेश्वरी विद्यालाय नाफा कमाउनु मात्रै नभएर अत्यधिक नानी, बाबु तथा विद्यार्थीहरूकाे भविष्य उज्ज्वल र गुणस्तरीय शिक्षामा समेत जाेड् दिइरहेको बताउनुभयो । साथै अाउँदै गरेकाे नयाँ बर्ष २०७५ साल हर्ष, उल्लासमय रहनुकाे साथै यस मन्टेश्वरी विद्यालायमा अध्ययनरत सबै नानी, बाबू, अभिभावक लगायत कार्यक्रममा उपस्थित सम्पूर्णलाई शुभकामना समेत व्यक्त गर्नुभयो ।
यसैबीच मन्टेश्वरीका प्राधानाध्यापक विष्णुप्रसाद पाैडेलले विद्यार्थीहरूकाे नतिजा ग्रेडिङ स्सिटममा प्रकाशन गरिएको बताउँदै, ९३ प्रतिशत विद्यार्थी पास गर्न सफल भएकाे लगायत विद्यालयकाे गतिविधि समेत प्रस्तुत गर्नुभयाे । यसैगरी कार्यक्रममा बाेल्ने अधिकांश वक्ताहरूले नानी, बाबुहरूकाे उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका थिए।
उक्त कार्यक्रम शिक्षक अभिभावक संघ समितिकी अध्यक्ष सरिता शर्माकाे अध्यक्षता, शिवराज नगरपालिका वडा नम्बर-५ कि महिला तथा दलित वडा सदस्य खगी सुनारकाे प्रमुख अातिथ्यिता, जिल्ला मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका अध्यक्ष विष्णुप्रसाद खतिवडाकाे विशिष्ट अातिथ्यिता, जिल्ला व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पाेख्रेल, शान्तिपूर्ण स्थापना कपिलवस्तुका प्रमुख भूमीराज भट्टराई र खरेन्द्रपुर स्वास्थ्य चाैकीका इन्चार्ज प्रकाश पाेख्रेल तथा मन्टेश्वरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु पाैडेल लगायतकाे अातिथ्यिता, पदमा थापाकाे स्वागत मनतब्य र अर्जुन पाैडेल(शर)काे सञ्चालनमा कार्यक्रम सम्पन्न भएकाे साेही मन्टेश्वरीका प्राधानाध्यापक विष्णुप्रसाद पाैडेलले जानकारी दिनुभयो ।
