अनिल प्रित,,
बारा:=प्रथम कोल्हवी गोल्डकप २०७४ को आज अन्तिम दिन फाईनल खेलमा एफ.सी महोतरी र बारा –११ भिडदै छ ।महोतरीले निजगढ युवा क्लव बारालाई टाईब्रेकरमा हराउँदै समुह “क” बाट फाईनलमा प्रवेश गरेको हो । भने बारा –११ ले एफसी हेटौडालाई २–० गोल अन्तरले हराउँदै समुह “ख” बाट फाईनलमा प्रवेश गरेको हो ।
प्रतियोगिताको विजेताले नगद रु. १ लाख ५० हजारसहित शिल्ड ,मेडल र प्रमाणपत्र र उपविजेताले नगद रु. ७५ हजार शिल्ड ,मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगिताका संयोजक त्रियोगी प्रसाद राउत थारुले बताए ।