भुकम्पमा परि मृत्यु भएका मृतकहरूकाे स्मृतिमा दीप प्रज्वलन
Thursday, 26 April 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस
Posted By :- Admin {Hamar Sanesh}
राम अवतार चाैधरी/नवराज पाैडेल
चन्द्राैटा(कपिलवस्तु):=विनाशकारी भुकम्पमा परि मृत्यु भएका मृतकहरुको स्मृतिमा जलपान कार्यक्रम तथा मृत आत्माको चिर शान्तिको लागि दीप प्रज्वलन कार्यक्रम बुधबार सम्पन्न भएको छ । कपिलवस्तुको शिवराज न.पा.५, चन्द्राैटा चाेकमा कार्यक्रम अायाेजना गरिएको हाे ।
भुकम्पले गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर झन्डै ९ हजार मानिसको मृत्यु हुनेगरी विनाशकारी भूकम्प गएको ३ बर्ष पुगेको छ । २०७२ वैशाख १२ गते अर्थात् आजकै मिति गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो । जसमा कपिलवस्तुको शिवराज नगरपालिकाका ५ जना व्यक्ति मृत्यु भएको स्वर्गीय दिलमाया बरालकी श्रीमान मनु बरालले बताए । मृत्यु हुनेमा शिवराज नगरपालिका ४ निवासी २७ बर्षकी दिलमाया बराल, हल्ला नगर निवासी बर्ष ३४ की जैया बुढा मगर, ५३ बर्षका भिम बहादुर बुढा मगर, ४० बर्षका दिल बहादुर खड्का ,र २५ वर्षका गमसिंह घर्ति मगर रहेका छन् ।
भुकम्पका कारण कतिले आफ्नो परिवार, कसैले आफ्ना छोरा छोरी, त कसैले बुबा आमा लगाएत प्रशस्तै जनधन गुमाउनु परेको स्मरण गर्दै आगामी दिनमा यस्ता अप्रिय घटना नहोस् भनि नेपालको नक्सा बनाई मैनबत्ती प्रज्वलन गरि मृत आत्माको चिर शान्तिको कामना गर्दै चन्द्रौटा चोकमा शोक सभा मनाईएको उमा गुरुङले जानकारी दिनुभयो ।

