आादिवासी जनजाती सामुदायमा सूचीकरण गर्न रानाथारुको माग

Thursday, 24 May 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
काठमाडौं,:= पश्चिम तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा बसोबास गर्ने रानाथारु समुदायले आफूहरुलाई नेपालका आादिवासी जनजाती सामुदायमा सूचीकरण गर्न माग गरेका छन् ।
बुधबार कैलाली क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्य नारदमुनि रानासहितको प्रतिनिधिमण्डल शितल निवास पुगेर माग मागका बारेमा जनाकारी गराएको नेकपाका नेता एवं पूर्वसांसद कृपाराम रानाले जानकारी दिए ।
उनीहरुले २०५७ सालमा तत्कालीन सरकारले नेपालका आदिवासी जनजाती सूचीकरण गर्दा ५९ जातीलाई मात्रै गरेको र आफूहरु   उक्त सूचीमा नपरेकाले सुचीकरणसहितका विभिन्न माग राख्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई मंगलबार ज्ञापन पत्र बुझाएका थिए ।
आफूहरुको सामुदायिक पहिचान स्थापित गर्न सामुदायिक हकहित र सामुदायिक प्रवाहीकरणका लागि सिंगो समुदाय लामो समयदेखि संर्घषरत रहेको र २०६९ जेठ ४ गते तत्कालीन सरकारसँग ८ बुँदे सम्झौता भएपनि सो कार्यान्वयन नहँदा आफूहरु अहिलेसम्म सूचीकरणबाट बञ्चित हुनुपरेकाले आफ्ना मागका सम्बन्धमा पहल गरिदिन राष्ट्रपतिलाई अनुरोध गरिएको छ ।



Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu