चर्चित थारु गायक खेम चाैधरीलाई म्युजिक अवार्ड प्रदान

Thursday, 10 May 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
राम अवतार चाैधरी,, धनगढी :=घाेडाघाेडी मिडिया सञ्चार समूह कैलालीले सर्वाेउत्कृष्ट अाधुनिक तथा चर्चित राष्ट्रिय थारु गायक बाणगंगा न.पा.२, कपिलवस्तु निवासी खेम चाैधरीलाई `विन्दास मिडिया म्युजिक अवार्ड´ प्रदान गरेकाे छ । थारु कला, संस्कृतिकाे गीत संगीतमा क्रियाशील रहि संरक्षण र संगीत प्रेमी मनहरूलाई प्राेत्सहन गर्नमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेकाे कदर गर्दै म्युजिक अवार्डले सम्मान गरेकाे हाे । साथै गायिका अन्नु चाैधरीले पनि पाएकी छन् । यसैबीच सर्वाेउत्कृष्ट लाेक गीत गायकतर्फ दर्पण कुसुम्या, पप गायकतर्फ राज कुश्मी र स्वास्तिका चाैधरीलाई समेत अवार्ड प्रदान गरिएकाे घाेडाघाेडी मिडिया ग्रुपका बाल कृष्ण चाैधरीले जानकारी दिनुभयो । समाचार सम्पेषणमार्फत कला, संस्कृति र कलाकारहरूलाई प्राेत्सहन गर्नमा निकै महत्त्वपूर्ण कदम चलाइरहेको पत्रकारिताकाे सम्मान गर्दै गाेरखापत्र दैनिकका धनगढी समाचारदाता अविनाश चाैधरीलाई `उत्कृष्ट कला पत्रकारिता अवार्ड´ प्रदान गरेका छ ।सर्वाेउत्कृष्ट फिल्म स्क्रिप्ट लेखनतर्फ चन्द्र चाैधरी, गीत स्क्रिप्ट लेखनतर्फ सुबेश कठरियाले अवार्ड पाएका छन् । सर्वाेउत्कृष्ट म्युजिक भिडियो निर्देशकतर्फ सुधराम दहित, सर्वाेउत्कृष्ट संगीतकारतर्फ गणेश चाैधरी, छायांकनतर्फ बिहारी दहितलाई अवार्ड प्रदान गरिएकाे छ । यस्तै सर्वाेउत्कृष्ट सम्पादनमा साहिल चाैधरी, नवप्रतिभामा अनिल रत्गैँया, साेनु कुसमीले समेत अवार्ड पाएका छन् । `माेर चम्फा फूलवारे भाग-२ लाई सर्वाेउत्कृष्ट एल्बमको अवार्ड प्रदान गरिएको छ । सर्वाेउत्कष्ट माेडलकाे अवार्ड पुरूषतर्फ जगत गुरु, महिलातर्फ सुशीला कार्की, सर्वाेउत्कृष्ट युगल जाेडी माेडलकाे अवार्ड वीर चाैधरी र एलिसा चाैधरी पाएका छन् । यसैगरी सर्वाेउत्कृष्ट नायककाे अवार्ड सङगत चाैधरी पाउनुभएकाे छ । प्राय विधामा अवार्ड जिताएकाे थारु भाषाकाे म्युजिक भिडियो चुरिया गुरियाले सर्वाेउत्कृष्ट म्युजिक भिडियो अवार्ड प्राप्त गरेकाे छ । सर्वाेउत्कृष्ट म्युजिक भिडियो निर्माताकाे अवार्ड बिरेन्द्र वीर बिक्रम शाहले पाउनु भएकाे छ । यसैगरी थारु फिल्म `करम´ काे टिमलाई सर्वाेउत्कृष्ट फिल्म निर्माताको अवार्ड दिइएको छ ।
सर्वाेउत्कृष्ट मेकअपकाे अवार्ड नरेन्द्र वि.का.काे हात परेकाे छ । कला, संस्कृतिको संरक्षणमा क्रियाशील कलाकारलाई सम्मान तथा प्राेत्सहन गर्ने उद्देश्यले अवार्ड प्रदान गरिएको कार्यक्रम संयाेजक हरेन्द्र चाधरीले जानकारी दिनुभयाे । घाेडाघाेडी मिडिया सञ्चार समूहले विन्दास म्युजिक मिडियाको नाममा गीत तथा म्युजिक भिडियो निर्माण र बजारमा ल्याउने कार्य गर्दै अाइरहेकाे छ ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu