वडाध्यक्षले दिए महिलालाई थुक चाट्ने सजाय

Sunday, 20 May 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
महोत्तरी:=पिपरा गाउँपालिका–६ का वडाध्यक्ष रामदेव हात्तीले स्थानीय एक महिलालाई धानको भुस चोरेको आरोपमा थुक चाट्न लगाएर सजाय दिएका छन् । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ।
स्थानीय सुकदेव साहकी ३७ वर्षीया श्रीमती समतोलियादेवी साहलाई वडाध्यक्ष हात्तीले भुस चोरेबापत सादा कागजमा सही गराएर थुक चाट्न लगाएका हुन् । आफूमाथि वडाध्यक्षले कुटपिटसमेत गरेको पीडित साहले बताइन् ।
गत १६ वैशाखमा साहले छिमेकी जगरनाथ हात्तीको घरबाट नसोधीकन एक डालो भुस ल्याएकी थिइन् । आफूले खुट्टा समाएर माफी मागे पनि वडाध्यक्षले कुटपिट गर्दै सार्वजनिक ठाउँमा थुक चाट्न लगाएको साहले बताइन् ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu