जनक रावत(कठरिया),,
बर्दिया:=गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा साझेदारी संस्था सोनाहा विकास समाजको आयोजनामा गेरुवा गाँउपालिका वार्ड नंं.—३, को बालुवाटारमा अवस्थित बिजया होटल एण्ड रिभर साईड कटेजमा पुर्व बाल विकास सहजकर्ताहरुलाई कक्षा ब्यवस्थापन तालिम सुरु भएको छ ।
सोनाहा विकास समाजको कार्य क्षेत्रको गेरुवा गाँउपालिका अन्तर्गतका १३ वटा विद्यालय र राजापुर नगरपालिका अन्तर्गत्का ३ वटा विद्यालयको गरेर जम्मा ३३ जना पुर्व बाल विकास सहजकर्ताहरु शिक्षकहरु तालिममा सहभागी रहेको जानकारी सोनाहा विकास समाजका कार्यक्रम तथा शिक्षा सहायक श्री इन्द्र सोनाहा ज्युबाट जानकारी प्राप्त भयो ।
गुड नेवर्स इन्टरनेशनल नेपालको जिल्ला संयोजक श्री नारायण चौधरी लगायत गेरुवा गाँउपालिकाका शिक्षा शाखा स्रोत ब्यक्ति श्री दिल बहादुर जि.सी ज्युले तालिमामा स्वागत मन्तव्य राख्दै विद्यालयमा पुर्व बाल विकासको कक्षा संचालन र सोको ब्यवस्थापनका बारेमा थप जानकारी तथा पुर्व बाल विकासको शैक्षिक सामाग्रीको प्रभावकारी प्रयोग र शिक्षण सिकाई क्रियाकलापका बारेमा शिक्षकहरुमा थप ज्ञान तथा सीप विकास गराउने उद्धेश्यले तालिमको आयोजना गरिएको बारेमा प्रष्ट पार्नु भएको थियो ।


