के थारुहरु नेपालको गुलाम हुन ? थारुहरु यो देशको नागरिक हैन ?

Wednesday, 30 May 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश सहकर्मी,,
काठमाडौं := ११औं गणतन्त्र दिवसको अवसर पारेर सरकारले माओवादी नेता बालकृष्ण ढुंगेलसहित ८१६ जनालाई आममाफी दिइयो। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद मिनाह गरेपछि द्वन्द्वकाली घटना उज्जन श्रेष्ठको हत्यामा जेल सजाय पाएका ढुंगेल डिल्लीबजारस्थित करागारबाट मंगलबार रिहा भए। उनको रिहाइसँगै थारुलगायत बुद्धिजीवी सामाजिक सञ्जालमा आक्रोशित बनेका छन्। उनीहरुले बिना प्रमाण माननीयन रेशम चौधरीलगायत टीकापुर घटनाको आरोपितहरु भन्दै विगत साढे दुई वर्षदेखि जेलबन्दी बनाउने र सर्वोच्च अदालतले नै दोषी प्रमाणित गरेकाहरुलाई आममाफी दिने सरकारको विरोध गरेका छन्।
पूर्वराजदूत तथा नागरिक समाजका अगुवा विजयकान्त कर्णले फेसबुकमा लेखेका छन्, ‘हत्याको अपराधमा जेलमा रहेका बालकॄष्णजी जेलमुक्त भएका छन्। टीकापुर घटनामा जेलमा रहेका सांसद मा. रेशम चौधरी, लक्ष्मण चौधरीलगायत २६ जना निर्दोष थारुहरु कहिले रिहा हुन्छन् सरकार?,’ उनले थपेका छन्, ‘थारु भएकै कारण उनीहरु जेलमा बसनुपर्ने? बालकॄष्णजी पहाडी र शासक जाति भएकै कारणले जेलमा बस्नु नपर्ने?’
उनले थारुहरु यो देशको नागरिक बन्न योग्य छैनन् भनी प्रश्न गरेका छन्। ‘के थारुहरु गुलाम हुन्? उनीहरु यो देशका नागरिक बन्न योग्य छैनन्?,’ उनले लेखेका छन्।उनले राज्य थारुहरुलाई दास बनायौं, कमैया बनायौं, कमलरी बनायौं, जग्गा जंगल जमिनबाट वञ्चित गराएको भन्दै सबै थारुको हत्या गरेर सन्तोष मनाउन सरकारलाई आग्रह गरेको छ। ‘उनीहरुलाई हतियार उठाउन लगायौं, हजारौंको हत्या गरायौं, अब तिमीहरु यो देशका सबै थारुहरुको हत्या गरेर आत्मको सन्तोष गर। टीकापुरको बदला लेउ। यो देशको लोकतन्त्र, गणतन्त्र, मानव अधिकार सबै तिमीहरुलाई मुबारक,’ उनले लेखेका छन्।
आममाफी रोक्न अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट दायर गरेका थिए। सोमबारको पेसीमा सोसम्बन्धी फाइल सर्वोच्चले झिकाए पनि मंगलबार भएको सुनुवाइमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्विकार गर्‍यो। न्यायाधीशहरु मीरा खड्का र टंकबहादुर मोक्तानको इजलासले उनी रिहा भइसकेको अवस्थामा अन्तरिम आदेश दिइरहनु नपर्ने आदेश दिएको हो।
सोही सम्बन्धमा पत्रकार तथा साहित्यकार कृष्णराज सर्वहारीले टीकापुरका कैदीको रिहाइ हुने पालोचाहिँ कहिले भनी प्रश्न गरेका छन्। त्यस्तै अर्का पत्रकार सन्तकुमार चौधरीले गणतन्त्र सर्वसाधारणका लागि नभएको उल्लेख गरेका छन्। उनले लेखेका छन्, ‘जनताले मत दिएर जिताएका नेता रेशम चौधरीलगायत आरोप प्रमाणित नभएका व्यक्तिहरुलाई घरफिर्ती गराएको भए गणतन्त्र जिन्दावाद भन्न हुन्थ्यो। ज्यान मारेको अभियोगमा सर्वोच्च अदालतले नै फैसला सुनाएको व्यक्ति बालकृष्ण ढुंगेललाई वर्षदिनमै अभियोग मिनाहाको घोषणा गर्दै जेलबाट छुटाइन्छ। लेखेर राख्नुस् गोरे भनिएका सुन तस्करीका आरोपी पनि अर्को वर्षको गणतन्त्र दिवसकै दिन वा अघि पछि यस्तै खालका दिनमा जेलबाट बाहिरीनिछन्।’
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu