सुनुवार सेवा समाज मलेसियाको साधारण सभाबाट अध्यक्षमा तिर्थ बहादुर सुनुवार चयन

Tuesday, 29 May 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
आर एन चौधरी थारु,, मलेसिया := सुनुवार सेवा समाज शाखा मलेसियाको चौथो साधारण सभा भब्यताको साथ सम्पन्न भएको छ। पुर्व अध्यक्ष इन्द्र बहादुर सुनुवारको अध्यक्षतामा क्वालालम्पुर स्थित नेपाल आदिवासी जनजाती महासंघको सभाहलमा आइतबार आयोजना गरिएको साधारण सभाले पुरानो कार्य समितीलाई विघटन गरि नयाँ कार्य समिती चयन गरेको छ। सुनुवार सेवा समाज शाखा मलेसियामा चयन हुने नयाँ कार्यसमितीका पदाधिकारीहरुको नमावली क्रमश: निम्न प्रकारको रहेको छ। अध्यक्ष - तिर्थ बहादुर सुनुवार , उपाध्यक्ष - मिना सुनुवार , वरिष्ठ उपाध्यक्ष -भक्त बहादुर सुनुवार , सचिब- वीर बहादुर सुनुवार , सह-सचिब - अर्जुन सुनुवार , कोषाध्यक्ष - चेत बहादुर सुनुवार सदस्यहरु:- बिमल सुनुवार,धिमाल सुनुवार,सङ्गिता सुनुवार,कमल बहादुर सुनुवार, इन्द्र बहादुर सुनुवार,होम बहादुर सुनुवार,मिथुन सुनुवार,गणेश बहादुर सुनुवार,यमर सुनुवार,मान बहादुर सुनुवार,गिता सुनुवार,टिकाराम सुनुवार,डम्बर बहादुर सुनुवार लगायतको चयन भएको छ भने प्रमुख सल्लाहकारमा राज कुमार सुनुवार , वरिष्ठ सल्लाहकारमा पुष्कर सुनुवार ,सल्लाहकारमा कमल सुनुवार चयन भएका हुन। सोहि साधारण सभा कार्यक्रमको अवसर पारेर संस्थाका लागी मलेसियाको बसाइ अवधीभर इमानदारीताको साथ सुनुवार सेवा समाज प्रती गरेको साथ र सहयोगलाई,योगदानलाई मध्य नजर गर्दै नेपाल फर्किन लागेको सक्रिय सदस्य होम बहादुर सुनुवारलाई भब्य बिदाई कार्य समेत सम्पन्न गरेको छ। साथै संस्थाले आजिवन साधारण सदस्यता पत्र समेत बितरण गरेका छ्न।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu