कैलालीमा हावाहुरीका कारण करोडौँको क्षति (फोटो फिचर सहित)

Tuesday, 15 May 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
कैलाली:=कैलालीमा आइतबार राती चलेको भिषण हुरीले करोडौँको क्षति पुगाएको छ । हुरीले जिल्लाका बिभिन्न ठाउँमा स्थानीय वासिन्दाका घरका छाना उडाएको छ । कैलालीको १३ वटै स्थानीय तहमा हावाहरीले क्षति पुर्याएको छ । मोहन्याल गाउँपालिकाको राष्ट्रिय माध्यमिक विद्यालय सोल्टा, कालिका माध्यमिक विद्यालय अजिङ्गरे, राष्ट्रिय आधारभुत विद्यालय भत्कुरी, सल्लेरी, फलेविसौना लगायतका विद्यालयका छाना उडाउदा पठनपाठनमा समस्या भएको मोहन्याल गाउँपालिका प्रमुख नवल सिङ रावलले बताए ।


त्यस्तै उक्त गाउपालिकाका विभन्न ठाउँका स्थानीयका घरमा पनि ठुलो क्षति पुगेको छ । मोहन्यालमा मात्रै करोडौँको क्षति पुर्याएको बताइएको छ । त्यस्तै लम्की चुहा नगरपालिका, बर्दगोरिया गाउँपालिका, गौरी गंगा नगरपालिका, घोडाघोडी नगरपालिका, चुरे गाउँपालिका, धनगढी उपहानगरपालिका लगायतका ठाउँमा पनि करोडौँको क्षति भएको छ । विभिन्न ठाउँमा विद्धुतका पोलहरु ढल्दा विद्धुत सेवा र सञ्चारका टावरहरुमा समेत क्षति पुग्दा सञ्चार सेवा समेत अवरुद्ध भएको छ ।



कैलालीका बिभिन्न स्थानमा रुखहरु ढल्दा कतिपय ठाउँमा यातायात समेत अवरुद्ध भएको छ । स्थानीय वासिन्दाहरुले गएराती चलेको हुरीलाई दशकौपछिको ठुलो हुरी भएको बताएका छन।
गौरीगंगा नगरपालिकामा घरमाथी रुख ढल्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५६ वर्षीया चारुमती बूढा रहेको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी सहायक निरीक्षक मदनराज जोशीले जानकारी दिए ।
आईतवार राति नै गोदावरी नगरपालिका वडा नम्बर १ भालुखोला भुवन शाहको घर आगलागी हुदा जलेर पूर्ण रुपमा क्षति भएको छ ।


कैलारी गाँउपालिका वडा नम्बर ४ हसुलियामा ईटा लागेर ४० वर्षिया शोभा चौधरी घाईते भएकी छन् । घरभित्रै रहेकी चौधरी घरको टीन उडेर ईटा खस्दा घाईते भएकी हुन् । केहि संचार माध्यमहरुका टावर ढल्नुका साथै उपकरणहरुमा क्षती पुगेको छ । धनगढीमा रहेको रेडियो धनगढीको टावर पनि हुरीले ढालेपछि रेडियोको प्रसारण अबरुद्ध भएको स्टेशन प्रमुख हरि जोशीले बताए ।

कैलालीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले हुरी बतासले पुगाएको क्षतीको बिवरण संकलन भईरहेको जानकारी दिए। भौतिक संरचनामा ठुलो क्षति भएको उनले बताए । क्षतिको पुरा विवरण संकलन पछि राहत तथा उद्दारको काम अघि बढाइने उनले बताए ।





Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu