जनार्दन मेरो कवितालाई पक्राउ गर

Tuesday, 8 May 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
मस्त सिंहासनमा फस्टेर
राष्ट्रबादी भाषण गर्न सक्दैन
व्यस्त प्रज्ञा भवनमा छिरेर
देशबादी कविता रचना सक्दैन
बरु देहातको बेर्रीमा बसेर
देहाती अवाज सुसेल्छ
पाखे, जनबादी आवाज निकाल्ने ?
हो, यही कसुरमा
जनार्दन
मेरो लुटे कवितालाई पक्राउ गर ।
देश शीत हिउँले कँक्रिएको बेला
सूर्य संग न्यानो घाम माग्छ फोकटमा
प्रचण्ड गर्मीले देश पोलेको बेला
रुखसंग शीतलता माग्छ फोकतमा
अनि देश भरि बेरोजगारी बढेको बेला
हँसिया हथौडासंग काम र माम माग्छ बेकारमा
अरे यस्तो अराजक माग गर्ने ?
हो यही कसुरमा
जनार्दन
मेरो लुटे कवितालाई पक्राउ गर ।।
कोशीको भेलले देश बग्दा
माथिबाट अर्थात् चिलगाडीबाट
महानिरीक्षण गर्न सक्दैन
रिपोर्टस् क्लबमा गएर
चिउरा कम्मल र त्रिपालको
ठूला कुरा गरेर ठूला छापामा
आफ्ना घृणित थुतुनो छपाउन सक्दैन
बरु
मृत नागरिकको लागि
दुई चिम्टी माटो खोजिरहन्छ
देश भित्र देश मागि रहदा
नाथे यस्तो भावना देखाउने
हो यही कसुरमा
जनार्दन
मेरो कवितालाई पक्राउ गर ।।।
जीत चौधरी धनगढी, कैलाली
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu