प्रेम राईलाई बचाउन मलेसियाबाट गरे रु.२,८०,५७८ रुपैयाँ आर्थिक सहयोग

Monday, 28 May 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
आर एन चौधरी थारु,,
मलेसिया := बिगत लामो समय देखि साउदी अरबको जेलमा मृत्यु दण्डको सजाय पाएका जेल जीवन बिताइरहेका प्रेम राई लाई बचाउन मलेसियामा बस्ने युवाहरुले आर्थिक सङ्कलन गरि सहयोग गरेका छ्न ।
इलाम जिल्लाको माइनगरपालिका-४ का प्रेमबहादुर राई अहिले साउदी अरबको जेलमा छन् । पैसा कमाउन भन्दै २०१२ मा साउदी आएका राई २०१६ मार्चमा जेल चलान भएका थिए ।काम गर्ने कम्पनीको सामान चोरी भएपछि राईलाई नै दोषी ठहर गर्दै अदालतले जेल र ५० कोर्रासहितको सजाय सुनाएको थियो ।
कम्पनीले उनलार्इ यतिकैमा छोडेन । त्यसपछि कम्पनीले आफ्नो सामानको बिगो भरपाइ पाऊँ भनि निवेदन दियो ।

कम्पनीको निबेदन अनुसार प्राइभेट राइट अन्तर्गत अदालतले फेरि तीन लाख १० हजार रियाल (नेपालको झण्डै ९५ लाख रुपैयाँ ) बुझाउनु पर्ने फैसला गरिदिए।प्रेमको घरमा श्रीमती र नाबालिका छोरी रहेका छन् । घरबार चलाउने मान्छेनै जेलमा परे पछि उनीहरूको बिचल्ली भएको छ । श्रीमानलार्इ बचाइदिन श्रीमतीले हारगुहार गरिरहेकी छन् ।९५ लाख रुपैयाँ जरिवाना स्वरुप बुझाए मात्रै जेलमा रहेका प्रेमको जीवन रक्षा हुनेछ । यतिबेला साउदीस्थित नेपाली संघसंस्थाहरु प्रेमको जीवन रक्षाका लागि रकमको जोहो गर्न जुटेका छन्।

राईलाई बचाउन अपुग रकम रोजगारीको सिलसिलामा मलेसियामा बस्ने समाजसेवि युवाहरु मिलेर नेपालको रकम लगभग रु.२,८०,५७८ रुपैयाँ मध्य बुद्धराज योङहाङ लिम्बूको सक्रियतामा सुरुमा सङ्कलन गरेको रु. १,७०,५७८ पीडित राईको श्रीमति सरिता राई लाई हस्तान्तरण गरिसकेको र दोस्रो पटक बुद्धराज फत्र लगायतको युवाहरु संगको सहकार्यमा करिब रु.१,१०,००० सहयोग रकम सङकलन गरि प्रेम राई बचाउ अभियानको मुल समितीको बैंक खातामा बुझाइएको भनेर जानकारी गराउनु भयो।

प्रेम राई लाई बचाउन मलेसियाबाट आर्थिक सहयोग सङ्कलन गरेर सहयोग गर्ने बुद्धराज योङहाङ लिम्बूले राई बचाउ अभियान बन्द भए लगतै साउदीकै जेलमा रहेका अर्का नेपाली रोल्पा नगरपालिका ९ निवासी दिल बहादुर घर्ती मगरलाई बचाउनको निम्ति सम्भव भए सक्दो आर्थिक सहयोग सङकलन अभियान थाल्ने, सुरु गर्ने भन्नु भयो।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu