मलेसियामा नेपालीहरुले बुद्ध जयन्ती भब्यताको साथ मनाउने त्यारी

Saturday, 5 May 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

आर एन चौधरी थारु,,
नेपाल आदिवासी जनजाती महासंघ राष्ट्रिय समन्वय समिति मलेसियाको मुख्य आयोजना तथा नेपाली राजदुतावास मलेसियाको विशेष सहयोगमा बुद्ध जयन्ती भब्य मनाउने भएका छ्न।

यहि मई २९ तारिख मलेसियाको राजधानी क्वालालम्पुरमा भब्य रथ यात्रामा र्याली सहित बुद्ध जयन्ती मनाउने त्यारी तिब्र भैइ रहेको आदिवासी जनजाती महासंघका अध्यक्ष पिटि शेर्पा पिनासाले जानकारी गराउनु भयो।
अध्यक्ष शेर्पाले जानकारी गराए अनुसार बुद्ध जयन्ती भब्य तरिकाले मनाउनको लागी यहाँ स्थित नेपाली राजदुतावास मलेसियाले रथ यात्रामा लाग्ने आर्थिक खर्च ब्यवहोरेको र बाकी यहाँ रहेका विभिन्न संघसंस्थाले आर्थिक भौतिक सहयोग गर्ने भन्नू भयो ।बुद्ध जयन्ती खासमा  मलेसियामा मनाउनु कारण शान्तिको अग्रदुत मानिने सिद्धार्थ गौतम( बुद्ध )को जन्म नेपालमा भएको भन्ने विश्व ब्यापी चिनाउनको निम्ति र केही समय अगाडि बुद्धको बारेमा गलत प्रचार प्रसार गरेकोले त्यो गलत काम कुरा भ्रमलाई चिर्नको निन्ती हामि मलेसियामा रहेका श्रमिकहरुले एकजुट भैइ बुद्ध नेपालमा जन्मेको हुन (budhha was born in Nepal )भन्ने मुल नाराको साथ बुद्ध जयन्ती मनाउन लागेको बताउनु भयो।

साथै बुद्ध जयन्ती आयोजक संस्थाहरुले मलेसियाको मुख्य मुख्य शहरहरु जोहोरबारु,पेनाङ,इपो,बाट सहभागी हुन आउने नेपाली श्रमिकहरुको लागी आवत जावतमा समस्या नहोस् भनेर यातायातको ब्यवस्था समेत गरेको छ्न।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu