हमार सनेश सहकर्मी,
राम अवतार चाैधरी,,
कपिलवस्तु:=सञ्चारकर्मी तथा गायक श्रीनिवास चाैधरीकाे नेपाली भाषाकाे गीतकाे भिडियो सहित अर्को नयाँ सांगीतिक काेशेली "याे फूल किन फुलेकाे" हाल निकै चर्चामा अाएकाे छ । थारु भाषाकाे छैँकिया नचे नचे यसैगरी नेपाली भाषा मेरी अामा र माेहनी रूप अनि मिठाे बाेली गीतको बाेलबाट अापार सफलता पाएका गायक चाैधरी हाल भने याे फूल किन फुलेकाे बाेलकाे गीत बजारमा ल्याएका हुन् ।
सबैकाे मन मष्टिकामा बस्न सफल बनेका काेइलीकाे बाेली मात्रै नभएर सुमधुर स्वरका धनी रहेका गायक श्रीनिवास चाैधरी र बसन्ती चाैधरीकाे अावाजमा रहेकाे गीतकाे भिडियो समेत उपलब्ध भइसकेको छ । युट्यूव च्यानलमा समय सापेक्ष भएकाले निकै चर्चामा रहेकाे याे फूल गीतमा राजु तमाङ र रेश्मी जाेशीकाे नृत्य देख्न सकिन्छ, भने गणेश चाैधरीकाे संगीत गणेश सुवेदी र गणेश चाैधरीकै शब्द रहेकाे छ ।
हिरा चाैधरीकाे निर्देशनमा रहेकाे उक्त भिडियोमा पतिराम थनैत र निरज महताेले छाँयाकन गरेका छन् । भने यस्तै सुरेश चाैधरीले भिडियोकाे दृश्य सम्पादन गरेका छन् र एन्. डी स्टुडियो स्टाेरी मेकरद्वारा निमार्ण गरिएकाे हाे । अाम नागरिकको मन जित्ना सफल बन्दै गरेका सुरिलाे स्वरका धनी रहेका सञ्चारकर्मी तथा चर्चित गायक चाैधरी वर्तमान समय सम्म थुप्रै विशेषगरी थारु लगायत नेपाली, भाेजपुरी र हिन्दी गीतहरू गाइसकेका छन् ।
थारु समुदायमा मनाईने नव बर्ष अर्थात् माघीमा गाइने गीत निकै चर्चा पाएकाे अाइल रे अाइल माघी र यसैगरी अर्काे अादिवासी थारु हमरे धर्तीपुत्र तराईके भन्ने बाेलकाे गीत श्रीनिवासकाे अावाजमा सजिएकाे स्वर सुन्न सकिन्छ । साे गीतले थारु समुदाय लगायत गैर थारु समुदायमा पनि चर्चा नपाएकाे भने हाेइन, त्यस मध्य पनि सबैकाे मनमा बसेकाे एक उत्कृष्ट गीत हाे ।
