धनुषामा जग्गा बिबाद हुँदा ३ गम्भीर घाईते/कोदालो प्रहार गर्नेलाई प्रहरीको संरक्षण(फाेटाे फिचर)

Tuesday, 29 May 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
  • राजकमल सिंह,,
  • जनकपुुरधाम:=धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा जग्गा सम्वन्धी विवाद हुुदाँ तीन जना गम्भिर घाइते भएका छन् ।
घाईते मध्ये एक जनाको चिन्ताजनक अबस्था रहेको छ । नापाको वडा नम्वर ८ दिगम्वरपुुर बस्ने महावीर साह र उनका छोराहरु सुनिल साह र विनोद साहले आफ्नै छिमेकी सत्यनारायण महतोलाई कोदालोले हान्दा उनको टाउको काटिएको तथा शरीरको अन्य भागमा समेत अंगभंग भएको छ । उनको उपचार जनकपुुर अञ्चल अस्पतालमा भई रहेको छ । धरिलो हतियार कोदालोको प्रहारबाट देव नारायण महतोको आंखा तथा गाला काटिएको छ ।
उदय महतोको टाउको फुटेर गम्भीर घाईते भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका सत्यनारायण महतोको जग्गा महावीरले चापेको र त्यसलाई ठिक गर्नकालागि भन्दा उल्टै साहले ज्यान मार्ने धम्की दिदै आएको कारण पीडितले जिल्ला प्रहरी कार्यालय धनुुषामा समेत शान्ति सुरक्षाकोलागि निवेदन दिएको पीडितले वताए । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेश कुुमार सिंहले जग्गा सम्वन्धी विवादमा घाइते भएको वताए । उनले महावीर साहले आफ्ना छोराहरुलाई कुुटनकोलागि भनेपछि छोराहरुले कुुटेको जानकारी दिए । उनले आफुहरुले महावीरको घरमा उनीहरुलाई खोज्न जाँदा उनीहरु फरार रहेको जानकारी दिए । तर, पीडितले भने प्रहरी निरीक्षक सिंहकै मिलिमतोमा यो घट्ना भएके गुुनासो गरेका छन्।
सिंहलाई पीडितले पटक पटक प्रहरी निरीक्षक सिंहलाई समस्या समाधान गर्नकालागि भनेपनि उनले कुुनै सुुनुुवाई नगरेको पीडितले वताए । पीडितले प्रहरी निरीक्षक सिंहकै इसारामा कुुटाकुुट भएको आरोप समेत लगाए । सरुवा भए लगतै सिंहले आफुहरुमाथी आक्रमण गराएकाले घट्नाको अनुसन्धान गरि आक्रमण गर्ने र दोषी प्रहरीलाई कडा कारवाही गर्नु पर्ने स्थानीयले मांग गरेका छ्न् ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu