थारु पत्रकार संघ केन्द्रीय कमिटीको बैठक नवलपरासीमा सुरु

Saturday, 26 May 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
सहदेव चौधरी ,,
नवलपरासी-थारु पत्रकार संघ नेपालको केन्द्रीय कमिटीको बैठक नवलपरासीको अमलटारी मध्‍यवर्ती होमस्टेमा सुरु भएको छ।
केन्द्रीय अध्‍यक्ष मदन चौधरीको अध्‍यक्षतामा सुरु भएको बैठकमा पाँच सदस्‍यीय केन्द्रीय सचिवालय गठन गरेको छ। जसमा मदन चौधरी (थारुवान डटकम), प्रतिमा चौधरी (जनता टेलिभिजन), किशोर चौधरी (एभिन्‍यूज टेलिभिजन), सहदेव चौधरी (देश सञ्‍चार डटकम) र बुनु चौधरी (नेपाल खबर डटकम) रहेका छन्।यस्तै थारु पत्रकार संगठनलाई सुदृढ र शसक्त रुपमा चलाउन उपसमितिहरु गठन गरिएको छ जसमा सात वटा विभाग गठन गरिएको छ।
थारु पत्रकार संघ नेपालको संगठन विभाग प्रमुख एवं प्रवक्तामा महासचिव किशोर चौधरी र आर्थिक विभागमा कोषाध्‍यक्ष प्रतिमा चौधरी चयन भएका छन्। छापा विभागमा सन्तोष दहित संयोजकमा चयन भएका छन् भने रेडियो टेलिभिजनको संयोजकमा संजय चौधरी रहेका छन्।
यस्तै अनलाइन विभागको संयोजकमा सहदेव चौधरी, महिला विभागमा उन्‍नती चौधरी र विदेश विभाग प्रमुखमा सन्तकुमार चौधरी सर्वसम्‍मत रुपमा चयन भएका छन्।
दुई दिनसम्‍म चल्‍ने बैठकले संस्थाको ऐन/विधान संशोधन, प्रदेशमा थारु पत्रकारहरुको रिपोर्टिङ डेस्क बनाउने लगायतका विषयमाथि छलफल हुने केन्द्रीय महासचिव चौधरीले बताए।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu