मलेसियामा फोनिज गठन कार्यक्रम सम्पन्न / सचीवमा आर एन चौधरी थारु निर्वाचित

Monday, 7 May 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

बैशाख २४ गते/सोमबार/मलेसिया:=नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज)को मलेसिया शाखा गठन र पहिलो अधिबेशन कार्यक्रम भब्यताको साथ सम्पन्न भएको छ।

आइतबार मलेसियाको राजधानी क्वालालम्पुरमा नेपाल आदिवासी जनजाती पत्रकार महासंघको संगठन सचीव मिलन लिम्बूको प्रमुख आतिथ्यता,आदिवासी जनजाती महासंघ मलेसियाका अध्यक्ष पिटि शेर्पा पिनासाको विशेष आतिथ्यता,लिम्बूवान पत्रकार संघका अध्यक्ष देबेन्द्र खापुङ ,नेपाली कलाकार राजन राई लगायत विभिन्न संघसंस्था,राजनीतिक पार्टीका भात्री संगठनको पदाधिकारीहरुको,पत्रकारहरुको आतिथ्यतामा पहिलो अधिबेशन तथा फोनिज शाखा गठन कार्यक्रम सम्पन्न भएको हो।







पहिलो अधिबेशनबाट निर्वाचित फोनिज मलेसियाको कार्यसमितिहरुको नमावली निम्न प्रकारको रहेको छ्न।अध्यक्ष सुनाखरी मगर, उपाध्यक्ष दिप खादी लिम्बू, सचिव घनश्याम चौधरी उर्फ आर एन चौधरी थारु, सह-सचीव इषा राना, कोषाध्यक्ष अर्पण मगर,
सदस्यहरुमा क्रमशःसोनाम नोर्बु तामाङ,पासाङ तामाङ,बेग बहादुर आले मगर,सन्तोष योन्जन तामाङ,
सबिन राई लगायतका रहेका छ्न भने सल्लाहकारमा क्रमशःबिपिन राई ,बिपेन उलाङ्गे,दिल केरुङ लिम्बू,रुसाहाङ चेम्जोङ रहेका छ्न।

सुनाखरी मगर सभापति रहेको उक्त कार्यक्रम दिप खादी लिम्बूले संचालन गरेको थियो भने स्वागत मन्तव्य पत्रकार आर एन चौधरी थारुले राखेका थिए ।साथै कार्यक्रममा उपस्तिथ प्रमुख अतिथि ,विशेष अतिथि,अतिथि लगायतले आ-आफ्नो मन्तव्य राख्नु भएको थियो।
सोही अधिबेशन कार्यक्रममा नेपाल बाट पाल्नु भएका र केही बर्ष पहिला मलेसिया बसाईको क्रममा दु:ख सुख भोग्नु भएका लिम्बुवान पत्रकार संघका अध्यक्ष देबेन्द्र खापुङ द्वोरा लिखित " मलेसियामा नेपाली साहित्यहरु " नामक पुस्तक बिमोचन कार्यक्रम पनि सम्पन्न गरेका छ्न।अधिवेशन अवधिमा मलेसियामा लामो समय देखि पत्रकारिता गरिरहेका पत्रकार अार सि गिरी ,व्यवसायी दिल कुमार केरुङ,ईन्द्र लिम्बू ,नेपाल अादिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष पिटी सेर्पा ( पिनासा) ज्यु ले मन्तव्य राख्नु हुँदै नव निर्वाचित पदाधिकारी हरुलाई शुभकामना दिनु भएको थियो।












Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu